शिवु खनाल, लमही 
२७-फागुन / लमही नगरपालिकाले बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापनमा सहयोग पुगोस भनेर ट्राफिक प्रहरीलाई ट्राफिक संकेत वोर्ड प्रदान गरेको छ ।

पार्किङ् र नो पार्किङ्ग लेलिएका दश वटा ट्राफिक संकेत वोर्ड अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीलाई हस्तान्तरण गरिएको हो । लमही बजार क्षेत्रको तीन स्थानमा अस्थायी अटो पार्किङ्ग स्थल तोकिएको छ ।

धमलाको रुख नजिक, पूर्व पश्चिम राजमार्ग लमही कोईलावास सडक प्रवेश चोक र लमही नगरपालिका नजिकका स्थललाई अटो पार्किङ् स्थल तोकिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख मोहनकुमार चन्दले जानकारी दिए ।

आइतवार लमही नगरपालिकाका कार्यवहाक प्रमुख देवका वेलवासले ट्राफिक प्रहरी प्रमुख चन्दलाई ट्राफिक चिन्ह अंकित वोर्ड हस्तान्तरण गरेकी हुन । त्यसमध्ये दुईवटा फोहर निषेधित क्षेत्र घोषणा गरिएको संकेतका वोर्ड रहेका छन् । ति दुईवटै बोर्डहरु बवसार्क क्षेत्रमा टाँगिएको छ ।

 

प्रतिकृया

प्रतिकृया