घोराही,
२८- फागुन/ घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले कुनै पनि सिपलाई आयआर्जन सँग जोड्नु पर्ने बताएका छन ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको सहयोगमा अपांगता भएका व्यक्तिहरुका लागि सञ्चालित कटाई सिलाई तालिमको समापन कार्यक्रममा बोल्दै मेयर चौधरीले सिपलाई आयआर्जन सँग जोड्नु पर्ने बताएका हुन ।

आधारभुत तालिम लिएका अपांगता भएका व्यक्तिहरुका लागि स्तर बृद्धी कटाई सिलाई तालिम साढे २ महिना सञ्चालन भएको थियो । सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै मेयर चौधरीले सिपलाई व्यवहारमा लागु गरेर अघि बढ्न सुझाब समेत दिए ।

आयआर्जन र आर्थिक सम्पन्नताका लागि कुनै पनि सिपलाई जात सँग जोड्न नहुने मेयर चौधरीको भनाई छ । हरेक व्यक्ति विभिन्न पेशा व्यवसायमा आबद्ध हुनै पर्नेमा जोड दिदै मेयर चौधरीले तालिमलाई दक्षतामा रुपान्तरण गर्न समेत आग्रह गरे ।

कार्यक्रममा खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष श्रीमन न्यौपाने, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, मेडेपका क्षेत्रिय संयोजक भिमबहादुर बिष्ट, प्रशिक्षक बिरबहादुर रेउले र सहभागि बबिता चौधरीले आआफ्नो धारणा राखेका थिए ।

तालिममा १० जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा बिरबहादुर रेउले रहनुभएको थियो भने सहजिकरण घरेलु कार्यालयका उमबहादुर वलीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया