बिमल योगी,घोराही 
२९ – फागुन /  नेपाल रेडक्रस सोशाइटी दाङ जिल्ला शाखाको आयोजना तथा सेल्टर कलस्टरको समन्वयमा आवास व्यवस्थापन तथा नक्साङ्कन सम्वन्धि दुई दिने तालिम आज मंगलवार घोराहीमा सम्पन्न भएको छ ।

बिपतका समयमा आईपर्ने अस्थायी आवास निर्माण तथा स्थलगत जिपिएस नक्साङ्कनका बिषयमा रेडक्रस र स्थानिय तहका प्रतिनिधिलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोशाईटी दाङका सभापती नारायण आचार्यको अध्यक्षता तथा सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनियर राजेन्द्र पाण्डेयको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले बिपतको व्यवस्थापन,राहात बितरण तथा पूर्नस्थापनाका लागी स्थानिय तह र रेडक्रसका शाखा उपशाखाहरुबिच एक आपसमा समन्वय हुन जरुरी रहेको बताएका छन ।

बक्ताहरु बिपत आउदा अपनाउने सावधानी,उद्धार र पूर्नस्थापना एकद्धार प्रणालीबाट बितरण गर्न संयुक्त संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन । रेडक्रसका १५ वटा उप शाखा र १० वडा स्थानिय तहका प्रतिनिधि गरी ३६ जनाको सहभागिता रहेको रेडक्रस गढवा उप शाखाका सचिव शिवराज पन्थिले जानकारी दिए ।

तालिमको सहजीकरण नेपाल रेडक्रस सोशाईटीका आवास व्यवस्थापन संयोजक रमेश घिमिरे,जि.आई.एस.अधिकृत निरु प्रधान,सुचना व्यवस्थापन अधिकृत खिलानाथ दाहाल,स्वास्थ्य कार्यक्रम अधिकृत अंशु ढकाल,तथ्यांक व्यवस्थापक सहायक बिनायक पौडेल लगायतका रहेका थिए ।

 

प्रतिकृया

प्रतिकृया