मनिशा राई,रोल्पा
३ जेठ/
पूर्वि रोल्पाको सुनछहरी गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । बिकसीत सुचना प्रविधी संगै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।

गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले हाजिरी लगाएर उक्त प्रविधीको उद्घाटन गरेका छन । गाउँपालिकाको आफ्नै लगानीमा डिजिटल हाजिरी स्टम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । अवको युगमा हाजीरी प्रणालीलाई छिटो छरीतो र भरपर्दो बनाउनु पर्नेमा जोड दिइएको अध्यक्ष पुनले बताएका छन । परम्परागत प्रणालीका कारण समयको बरबादी संगै बिस्वस्नीयता पनि कम हुने भएकोले गाउँपालिका अन्तरगतका कर्मचारीहरुका लागि इ एटेन्डेन्स सुरुवात गरिएको उनले बताएका छन ।

अहिले गाउँपालिकामा यो प्रणाली सुरुवात गरेपनि छिट्टै वडाहरुमा पनि बिस्तार गरिने प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले बताएका छन । वेव स्टम बनाएर सिधै गाउँपालिकाबाट वडाका कर्मचारी कहाँ कुन अवस्थामा छन् सबै अबलोकन गर्न सकिने बनाउन थालिएको समेत बताएका छन। गाउँपालिका केन्द्र संगै प्रत्येक वडा कार्यालयमा सिसि क्यामरा जडान गरी सेवालाई थप प्रभावकारी बनाउन थालिएको अधिकृत पुनले बताएका छन ।

कर्मचारी कार्यालयमा नबस्ने जनगुनासोलाई मध्यनजरी गरी इ हाजिरी गरिएको बताईन्छ । अब ति सबै नियन्त्रण हुनेमा आशाबादी रहेको बताइएको छ । यस्तो प्रविधि जडान भए संगै सबै कर्मचारीले ठिक समयमा फिंगर स्टमबाट हाजिरी लगाउनु पर्ने छ । निर्धारीत समय भन्दा एक मिनेट पनि ढिलो भएमा त्यस दिनको हाजिरी नहुने सुचना अधिकृत गुमानसिंह बिष्टले बताएका छन । गाउँपालिकामा इन्टरनेट जडान भएसंगै धेरै काममा सहजता आएको बिष्टको भनाई छ । अबको बिकसीत सुचना प्रविधिलाई भरपुर उपयोग गर्ने गरी कार्य सम्पादन भईरहेको पनि जानकारी गराएका छन

त्यस्तै अबको केहि दिन भित्रै प्रत्येक वडा कार्यालयहरुमा इन्टरनेट जडान गरिसक्ने गरी कार्य थालनि गरिएको प्रवक्ता अमरजित पुनले जानकारी गराएका छन । प्रत्येक वडामा इन्टरनेट जडानका लागि कोटेशन आह्वान समेत भईसकेको प्रबक्ता पुनले बताएका छन । गाउँपालिकामा अहिले ग्रुप एस एम एस, वेवसाईट अपडेट लगाएतका कामहरु भईरहेका छन् । सुचना प्रणालीलाई ब्यवस्थीत बनाउनका लागि यस अगाडीनै प्रत्येक वडामा एक÷वटा पोष्टपेड सिम कार्ड बितरण गरिसकिएको छ ।

 

प्रतिकृया

प्रतिकृया