देउखुरी
३ जेठ/ देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्र एक भएसँगै नेपालमा अहिलेसम्मकै विशाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ। २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।

एकीकरण सँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ ।एकीकरण भए सँगै दाङका बिभिन्न ठाउमा दीप प्रज्वलन गरिएको छ । तुलसीपुरको  मदन-आश्रित चोक र दाङको लमहीमा  दीप प्रज्वलन गरिएको छ ।

नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा नगर प्रमुख केसीले देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको सुनौलो इतिहासको स्थापना भएको बताएका छ्न । कार्यक्रममा ओम प्रकाश सागर सुबेदी बोलेका थिए भने कार्यक्रमको सहजिकरण पवन शर्मा रिजालले गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया