अमिता चौधरी,घोराही 
४-जेठ / पत्रकार नवीन अभिलाषीले ६ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।

असहाय विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै शिक्षामा सहयोग पुर्याउने सरकारको राष्ट्रिय अभियानलाई सहयोग गर्दै नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य तथा गणतन्त्र दैनिकका सह–सम्पादक नवीन अभिलाषीले शुक्रवार विद्यालयमै पुगेर ६ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका हुन ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित मावि झिङनी बन्जाडीमा कक्षा ७, ८, ९ र १० कक्षामा अध्ययन गर्ने ६ जना दलित बालबालिकाको अध्ययनका लागि लाग्ने सम्पुर्ण खर्च पत्रकार नवीन अभिलाषीले बेहो¥रेका छन । मावि झिङनी बन्जाडीमा कक्षा ७ मा अध्ययन गर्ने रितु नेपाली, भिम सुनार, कक्षा ८ मा अध्ययन गर्ने सुस्मिता विक, हेमराज गन्धर्व, कक्षा ९ मा अध्ययन गर्ने मनिषा नेपाली र कक्षा १० मा अध्ययन गर्ने शान्ता नेपालीको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक क्रियाकलापमा लाग्ने सम्पुर्ण खर्च बेहो¥ने भएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

घरको आर्थिक अबस्था कमजोर भएको र पारिवारीक अबस्था पनि नाजुक भएका कारण विचमै पढाई छोड्ने अबस्थामा पुगेका ति ६ जना विद्यार्थीहरुलाइ लाग्ने एकमुष्ट शुल्क १७ हजार ४ सय ५० रुपैया र विद्यार्थीहरुको लागि शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन ।

यसैविच नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति दाङले पनि मावि झिङनी बन्जाडीमा कक्षा ९ मा अध्ययन गर्ने अर्जुन चौधरीको अभिभावकत्व ग्रहण गरेको छ । विद्यालयमा पुगेर युनियनमा बामदेव खनाल र टे्ड युनियनका जिल्ला अध्यक्ष दलबहादुर बस्नेत सहितले समुहले विद्यार्थी अर्जुन चौधरीको लागि विद्यालय पोशाक, शैक्षिक सामग्री र शुल्क सहयोग गरेको हो ।

 

प्रतिकृया

प्रतिकृया