घोराही,
४ – जेठ/ लघु उद्यम मार्फत नगरवासीलाई स्वरोजगार बनाउन घोराही उपमहानगरपालिकाले उद्यम बिकास योजना बनाउन थालेको छ ।

घोराही उपमहानगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय दाङ र मेडेपको सहयोगमा दुई दिने ५ बर्षे उद्यम विकास योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ ।

स्थानिय स्रोत साधनको अधिकतम प्रयोग सँगै उत्पादनहरुलाई उद्यम सँग जोडेर स्वरोजगार बनाउने योजना उपमहानगरले बनाएको छ । नगरका वडा अन्तरगतरुपमा भएका उद्यमका बिषेश्ताको पहिचान गरी नागरीकहरुलाई आर्थीकरुपमा सक्षम बनाउन उपमहानगरले योजना तयार गर्न थालेको हो ।

नगर कार्यपालिका, शाखा प्रमुख र अन्य सरोकारवाला उद्यम विकासमा आबद्ध भएका क्षेत्रका प्रतिनिधीहरु सहभागि रहेको कार्यक्रममा उपमहानगरले ५ बर्ष भित्र लघु उद्यमको बिकासमा गर्न सक्ने कामहरुको खाका तयार गर्दै छ ।

वडागतरुपमा सम्भाव्य उद्यमहरुको पहिचान गरेर त्यसको प्रर्बद्धन र प्रयोगमा नागरिकहरुलाई सहभागित बनाउने गरी योजना तयार गर्न लागिएको हो । नगर क्षेत्रमा पशुपालन, कृषि उत्पादन सँगै बिभिन्न प्रकृतीका व्यवसाय सञ्चालन मार्फत नागरिकहरुको जीवन स्तर उकास्ने योजना तयार गर्न लागेको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा मेडेपका क्षेत्रिय प्रबन्धक भिमबहादुर विष्टले गराएका थिए । विकास योजना तयार पार्नका लागि परामर्शदाताकारुपमा उद्योग विकासको क्षेत्रमा काम गर्दै आउनुभएको सूर्य नेपाल रहेका छन ।

प्रतिकृया

प्रतिकृया