सल्यान,
३०-जेठ / सल्यानमा ४५ वटा वडाहरु पूर्ण खोप सुनिश्चीत वडाको रुपमा घोषणा भएका छन् । जिल्लाको शारदा नगरपालिकाका सबै वडाहरु तथा दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकाका पनि सबै वडाहरुलाइ पूर्ण खोप सुनिश्चीत वडा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारि दिएको छ ।

Ambikeshwori Auto Mart

 

 

 

मंगलबार कपुरकोट गाउँपालिकाको वडा नम्बर ५ लाइ खोप सुनिश्चीत वडा घोषणा गरिएसंगै सल्यानमा घोषणा हुने वडाहरुको संख्या ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत दशरथ कुमार श्रेष्ठल जानकारि दिएका छन् । अव अन्य वडाहरुलाइ पनि घोषणाको तयारि भइरहेको तथा सबै वडाहरु घोषणा भइसकेका स्थानीय तहलाइ नै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्न सम्बन्धीत स्थानीय तहहरु लागिरहेको उनले बताए ।

कपुरकोटका पनि सबै वडा घोषणा

यसैविच कपुरकोट ५ र ६ लाइ पूर्ण खोप सुनिश्चीत वडा घोषणा गरिएको छ । सोमबार वडा नम्बर ६ लाइ र मंगलबार ५ लाइ घोषणा गरिएको थियो । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा नम्बर ५ रीमलाइ पूर्ण खोप सुनिश्चीत वडा घोषणा गर्दै बालबालिकालाई संक्रामक रोग लाग्नबाट बचाउन अनिवार्य खोप लगाउनुपर्ने र हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताए । रीममा हाल रहेका १२ देखि २३ महिना उमेर समूहका ३२ जना बालबालिकाले एक वर्षभित्र लगाउनुपर्ने सबै खोपको मात्रा पूरा गरेकाले पूर्ण खोप घोषणा गरिएको हो ।

कार्यक्रममा अध्यक्ष सेनले गाउँपालिकावासिमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पुर्याउन स्थानीय सरकार प्रतिवद्ध भएर लागेको बताए । उनले भने, ‘यहाँका हरेक नागरिक स्वास्थ्य सेवाबाट वञ्चीत हुन नपरोस भनेर स्वास्थ्य संस्था नभएका वडाहरुमा स्वास्थ्य चौकी व्यवस्था गर्न म लागीपरेको छु र गाउँपालिकाभित्रै ल्याव सेवा दिने गरि काम अगाडी बढाइरहेको छु ।’ सेनले आफ्नो गाउँपालिकालाइ पुर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणाका लागी पनि अभियान चलिरहेको जानकारि दिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया