दाङ,
३१-जेठ / महेन्द्र बहुमुखी क्याम्पस दाङले सञ्चालन गर्न लागेको बिबिए कार्यक्रमलाई हर प्रकारले सहयोग गर्ने प्रतिबद्ता सरोकारवालाले जनाएका छन् ।

Ambikeshwori Auto Mart

क्याम्पस प्रसासनले आज बिहिबार बिबिए कार्यक्रम सञ्चालनका तयारी स्वरुप त्रिभुबन बिश्व बिद्यालय व्यवस्थापन संकाय डिन प्राध्यापक डा. डिल्लीराज शर्मा तथा सहायक डिन डा ध्रुब गौतमको उपस्थितिमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरु, नागरिक समाजका अगुवा, उद्योग व्यवसायी, प्राध्यापक तथा बिद्यार्थीहरुले महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालन हुन लागेको त्रिबिको बिबिए कार्यक्रम राप्ती क्षेत्रकै गौरवको बिषय भएको भन्दै कार्यक्रमलाई हर प्रकारले सहयोग गर्ने जनाएका हुन ।

क्याम्पस प्रमुख बिमल सुवेदीको अध्यक्षता तथा व्यबस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप संयोजक श्रीधर पौडेल तथा घोराही उपमहानगरपालिकाकी उपमेयर सिता न्यौपानेले महेन्द्र बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको त्रिबिको बिबिए कार्यक्रमलाई स्थानीय तहले हर प्रकारले सहयोग गर्ने प्रतिबद्वता जनाए । पौडेल तथा न्यौपानेले कार्यक्रम सञ्चालनका लागि भौतिक पुर्बाधार लगायतका बिषयमा स्थानिय तहले सहयोग गर्ने तर त्यसको आन्तरिक व्यबस्थापनमा क्याम्पस प्रशासन, सम्बन्धित संकाय तथा बिद्यार्थीहरु जागरुक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै नागरिक समाजका संयोजक चन्द्रराज पन्त, उद्योग बाणिज्य संघ दाङका अध्यक्ष नारायण भुषाल, नेपाल बैकका प्रबन्धक सी.पी. अधिकारी, नेपाल प्राध्यापक संघ महेन्द्र क्याम्पस ईकाई सभापति प्रेम शाह, पूर्ब क्याम्पस प्रमुख बसन्त राज अधिकारी तथा राजेन्द्र श्रेष्ठ, निबर्तमान स्वबियु सभापति प्रबिन शर्मा नेबिसंघका कार्यबाहक अध्यक्ष निर्मल पुन, अनेरास्वबियुका सर्जन परियार नेकपा अखिल क्रान्तिकारीका अध्यक्ष अनिल केसी लगायतले क्याम्पस प्रसासनले बिबिए सञ्चालनका लागि देखाएको तत्परताका लागि धन्यबाद दिदै यस्को व्यबस्थापन र क्याम्पसका अन्य बिकासमा ध्यान दिन सुझाव दिएका थिए ।

व्यबस्थापन संकायका उप प्राध्यापक राम थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख बिमल सुबेदीले बिबिए सञ्चालनका लागि भएको तयारी बारे जानकारी दिएका थिए । यस्तै त्रिबि व्यबस्थापन संकायका सहायक डिन डा ध्रुब गौतमले त्रिबि व्यबस्थापन संकायले सञ्चालन गरेका बिबिए कार्यक्रम लगायतका कार्यक्रम र बिबिए किन आबश्यक छ भन्ने बारे प्रकाश पारेका थिए भने कार्यक्रमका प्रमुख अतिथि व्यबस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले बिबिए त्रिबिकै कार्यक्रम भएपनि आफै आम्दानी गरेर आफै सञ्चलन हुने कार्यक्रम भएकाले व्यवस्थापन संकाय, क्याम्पस प्रसासन र बिद्यार्थी बर्गले यस कार्यक्रम लाई सोही रुपमा बुझ्न र स्विकृति लिन मात्र नभई निरन्तरताको पक्षमा समेत ख्याल गर्न आग्रह गरेका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख निश्चल हमालले स्वागत मन्तव्य व्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले गरेका थिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया