ओमप्रकाश गुप्ता,देउखुरी
३१ जेठ/ गढवा गाउँपालिकाको एक टोलीले बिहिवार यस आर्थिक बर्षमा वडा नम्बर ८ कोइलाबासका सबै गाउँहरुमा भएका बिकासे योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शान्ती चौधरीको नेतृत्वमा इन्जीनियर सुर्य बहादुर रावत, सव–इन्जीनियरहरु लिलाधर गिरी तथा मदन जिसी, वडा नम्बर ८ काअध्यक्ष सद्दाम सिद्दिकी, कर्मचारी रामनरेश यादव र पत्रकार समेतको टोलीले विकासे योजनाहरुको अनुगमन गरेको हो ।Ambikeshwori Auto Mart

अनुगमनको क्रममा८ लाखको लागतमा कोइलाबास देखि खबरीनाका सम्मतथा ९ लाखको लागतमा कोइलाबास देखि मुसीनाका सम्मको सडकको ट्रयाक खोलिएको, मुसीनाकामा ४ लाख ५० हजारको लागतमा बोक्सरे खोलाबाट ल्याइएको खानेपानी संकलनगर्न पक्की टेङकी निर्माण गरिएको, घङराल नाकामा १ लाख ५० हजारमा सिंचाई कुलो निर्माण गरिएको, ४० घरधुरी रहेको डाँडागाउँमा १०३ मिटर पक्कीनाली सहितगाउँभरमा सडक विस्तारको १० लाखको योजनातथाकोइलाबास खोलामाजाने ४ वटा भ¥याङ निर्माण ४ लाख र कोइलाबास बजारमा बाढी नियन्त्रण गरी कटान रोक्न १० लाखको लागतमा बनाइएका ८८ थान तारजाली स्पर निर्माण, खबरी नाका कुलो सिंचाई तथा ड्याम निर्माण ६ लाख लगायतका योजनाहरुको अनुगमनगरिएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिइन् ।

यसैगरी फूटकर योजनाहरुमा डाडाँगाउँमा बिद्युत्त विस्तार ४ लाख, हनुमानगढी मन्दीर रंगरोगन ५० हजार, सिमाप्रहरी चौकी तथा कोइलाबासको मुलगेट रंगरोगन र चर्पीनिर्माण २ लाख ५० हजार, बिभिन्नगाउँमा सोलार जोड्न नसकेका उपभोक्ताका घरमा सोलार जडान २ लाख ५० हजार, सिसौरा गाउँमाखानेपानी टेङकीनिर्माण, पाइपलाइनविस्तार र पम्पसेट खरिदमा ९० हजार, महिला वालवालिका भवनको १ कोठा थप संगै पलस्टर २३ लाख, तथा शवदाह स्थलमा प्रतिक्षालय निर्माणमा लगानी भएको ३ लाख, विद्यालयको १ कोठा भवननिर्माण र बिपन्न बर्गलाई बाख्रावितरण १ लाख ५० हजार लगायतका योजनाहरु नियम संगत ढंगले सम्पन्नभएको अनुगमनको क्रममा पाइएको इन्जीनियर सुर्यबहादुर रावतले जानकारी दिए ।

खानेपानीको हाहाकार भएको कोइलाबासमा अबपानीको लागि गढवा गाउँपालिकाको सिमाक्षेत्र बिकास कार्यक्रम अन्र्तगत ३० लाखको लागतमा डिप बोरिङहरु गाड्ने तयारीका साथ सामानहरु आइसकेको उपाध्यक्ष शान्ती चौधरीले बताइन् ।

कोइलाबास खोलामा रहेका ढुङ्गाको ठेक्का पछि उत्खनन् हुँदा तथा कोइलाबास खोलामा भारतले बनाएको चेक ड्याम खोलाले बगाए पछि खोलाको सतह गहिरिएर अहिले भ¥याङ बनाउनु पर्ने स्थिती आएको स्थानीय ८० बर्षिय नागरिक अनिसुल रहमा सिद्दीकीले बताए । खोलाको पुल समेत उच्चजोखिममा रहेकोले पुलको दक्षिण तर्फ र खोलाको दुवै भागमा जोखिम पुर्ण स्थानहरुमा १९ लाखको लागतमा चेकड्याम निर्माण र तारजाली तटबन्धनका लागि प्रतिमा निर्माण सेवा प्रालिले ठेक्का टेण्डर पाइसकेको र यसै बर्ष देखि काम सुरु हुने गढवा गाउँपालिकाले जनाएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया