तुलसीपुर
३१ जेठ/ तुलसीपुर उपमहानगरपालिका र यहाँका मासु व्यवसायीका विचमा मासु पसल सफा र स्वच्छ राख्ने सहमति भएको छ । अनुगमनका क्रममा मासु पसल फोहोर भएको खवर सार्वजनिक भएपछि उपमहानगरपालिकाले मासु व्यवसायीलाई वोलाएर सहमति गरेको हो ।

Ambikeshwori Auto Mart

नगरप्रमुख घनश्याम पाण्डेले मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको कुरामा स्वच्छता हुन अनिवार्य भएको वताउँदै जथाभावि फोहोर गर्नेमाथि कारवाही गरिने वताए । ‘मासु पसल सफा र स्वच्छ तपाईहरु राख्नुस् नगरपालिकाले आफ्नो भुमिका निर्वाह गर्छ ’उनले भने ।

मासु व्यवसायी समितिका अध्यक्ष ऋषिराम गुरुङ्गले आफुहरुले तत्काल वधशाला सफा राख्ने वताउँदै कमिकमजोरीलाई सुधारेर अगाडि जाने वताए । यसैविच उपमहानगरपालिका र व्यवसायीका विचमा विभिन्न वुँदामा सहमति पनि भएको छ ।

सहमति अनुसार पसलमा जाली राख्ने, मासुमा झिँगा नभन्कियोस् भन्ने किसिमले व्यवस्थित गर्नुपर्ने,जथाभावि वासी मासु वेच्न नहुने लगायतको सहमति भएको छ । सहमति पालना नगरेमा उपमहानगरपालिकाले व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउने पनि नगरप्रमुख पाण्डेले वताए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया