घोराही
३१ जेठ/ नेपाल सुनचाँदी व्यवसायी दाङले तीन जना ग्राहकलाई सुनको सिक्का प्रदान गरेको छ । घोराही स्थित विभिन्न सुनचाँँदी पसलबाट सुन खरिद गरे वाफत सुनको सिक्का प्रदान गरेको हो । ग्राहक बिषेश उपहार कुपन मार्फत खोलिएको चिठ्ठाका आधारमा उपहार प्रदान गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिएका छन ।Ambikeshwori Auto Mart

बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी चिठ्ठा खोलिएको हो । जस अन्तरगत घोराहीका भारत बनारस घर भई हाल घोराही सिमेन्टमा कार्यरत मुरली यादव, घोराही उपमहानगरपालिका वडा नं.१७ कर्जाहीका निर्मला चौधरी र घोराहीकै जीतसीङ घर्तीले १ दशमलव ५ ग्राम सुन प्राप्त गरेका हुन ।

प्रत्येक महिना वम्फर उपहार योजना मार्फत ग्राहकलाई सुनको सिक्का प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष विश्वकार्मले जानकारी दिनुभयो । उपहार लिन आउदा ग्राहले अनिवार्य रुपमा सुन खरिद गरेको बिल र अर्धकठ्ठी लाएर १५ दिन भित्र सम्पर्क गर्न समेत आग्रह गरिएको छ । त्यस अबसरमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले आर्थिक विकासमा सुनचाँदी व्यावसायीको भुमिका महत्व पूर्ण रहेको वताए।

सुनचाँदी व्यावसायी माथी ठुलो शुरक्षाको चुनौती थपिएको वताउँदै सरक्षा निकाए यस विषयमा गम्भिर नदेखिएको वताए। कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य धुब्रकुमार गतहराज लगाएतले बोलेका थिए । उपाध्यक्ष निर्मला विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माको अध्यक्षतामा समपन्न भएको थियो ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया