जगप्रसाद शर्मा ‘अपार’
२१ औं शताब्दीमा सूचना प्रविधि र टेक्नोलोजीको क्षेत्रमा तीव्र गतिमा अभुतपूर्व क्रान्ति भयो । कम्प्युटरको विकासस“गै विश्वले छलाङ्मय गतिमा एक पछि अर्को चमत्कार गरिरहेको छ । तिव्रता २१ औं शताब्तीको सबैभन्दा महत्वपूर्ण विशेषता हो । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि विकास या बिनास तीव्र गतिमा हुने गरेका छन् । नेपालको राजनीतिक स्थितिमा केही बर्षयता मात्रै असाधारण रुपले फेरवदल भएको छ ।Ambikeshwori Auto Mart

नेपाल साधन स्रोतले ज्यादै सम्पन्न छ तर संसारका गरिब देशहरुमध्येको एक हो । नेपालीहरु मिहिनेत, पौरख र बहादुरीताले विश्व किर्तिमानी छन् । तर गरिबिले छट्पटाईरहेका छन् । नेपाल ईतिहासमा कहिल्यै उपनिबेश र पराधिन बनेन् तर कहिल्यै स्वतन्त्र पनि हुन सकेन् । नेपाली जनताले ईतिहासदेखि ठूला–ठूला संघर्ष, कठोर साधना गरेर मुक्ति, परिवर्तन र विकासका सम्भावनाहरु अगाडि ल्याए तर वास्तविकताहरु अपहरण भए ।

पटक पटक ठूला–ठूला परिवर्तनहरु भए तर जनताको पक्षमा संस्थागत हुन सकेनन् । महान जनयुद्ध, संसदीय अभ्यास र शान्तिपूर्ण जनआन्दोलनले नेपालको ईतिहासमा मात्रै नभएर विश्वकै ईतिहासमा एक नया“ कायपलट ग¥यो । यस नयाँ पृष्ठभूमिमा सारा नेपालीहरुको एउटै मुलमन्त्र बन्न गयो, त्यो हो नेपाली मोडेलको समाजवादी गणतन्त्र । यहाँ नपालीहरुको मूलमन्त्र नेपाली मोडेलको समाजवादी गणतन्त्र र यसको पृष्ठभूमिबारे सामान्य चर्चा गरौं ।

इतिहासमा खास खास मोडहरुमा कतिपय राष्ट्रहरुमा महान सम्भावनाहरु अगाडी आएको देखा पर्ने गर्छ । नेपाली समाजको अगाडि ईतिहासमा देखा परेका त्यस्ता महान सम्भावनाहरु मध्ये तीनवटा सम्भावनाहरुको चर्चा गरौं । पहिलो सम्भावना (आज भन्दा २५० बर्ष अगाडि जतिखेर नेपाल बाईसे, चौबिसे राज्य हँुदै अनगिन्ती राज्यमा विभाजित थियो । साना–साना टुक्राटुक्री राज्यको भार जनतालाई असहाय रुपमा परेको थियो ।

किनकी राज्यको एकजना नागरिकले धेरै राज्यमा राजश्वकर तिर्नु पथ्र्यो । आवश्यकता राज्यको एकीकरणको थियो । त्यो आवश्यकताको नेतृत्व गर्न संयोगले राजा पृथ्वीनारायण शाह आईपुगे । पृथ्वीनारायण राजाका छोरा हुनुले अवसर पनि थियो । तर उनीसँग विशिष्ट क्षमता र प्रतिभा पनि थियो । उनैले नै राष्ट्रिय एकीकरण गरेर एकीकृत नेपालको जन्म दिए, तर पू“जीवादमा जाने बाटोलाई बन्ध्याकरण गरेर बलियो सामन्ती राज्य खडा गरे ।

पँुजीवादमा जाने बाटो बन्ध्याकरण नगरेको भए आज नेपाल विकसित राष्ट्रहरुकै दर्जामा पुग्ने थियो । यो राष्ट्रले एउटो ठूलो मौका र सम्भावना त्यही मोडमा गुमायो । परिणामत ः २५० बर्ष भन्दा लामो समय सामन्तवादको नाईके राजतन्त्रले देशलाई कंगाल बनायो । जनताको जीवनतरलाई रसातलमा पु¥याईदियो ।

दोस्रो सम्भावना ः ईतिहासको अर्को कालखण्डमा अंग्रेजहरुले विश्वलाई नै आफ्नो उपनिबेश बनाउने अभियान चलाए । यही अभियानकै क्रममा भारतलाई निले र नेपाललाई आफ्नो बफादार कुत्ता जंगबहादुर मार्फत उपनिवेश बनाए । यसरी राणाहरुले १०४ बर्षसम्म देश र जनताबाट ब्रहमलुट मच्चाए । जहाँ जुन स्तरको दमन हुन्छ, त्यहाँ त्यही स्तरको प्रतिरोध र बिष्फोट हुने सार्वभौम नियम अनुसार जहानिँया राणा शाषणका विरुद्ध २००७ साल वरिपरि प्रतिरोध मात्र भएन्, राणा शाषण गल्र्याम गुर्लुम ढल्यो ।

त्यो आन्दोलनको नेतृत्व काँग्रेस र कम्युनिष्टले गरे । राणा शाषणको अन्त्यसँगै २०१५ सालको आम चुनावमा काँग्रेसको २ तिहाई बहुमत र सरकारको नेतृत्व हुनुको नाताले देशलाई पँुजीवादी बाटोमा लैजाने स्वर्णीम कार्यभार का“ग्रेसको काधमा आयो । बिडम्वना काँग्रेस भित्रको गुटबन्दी र असक्षमता साथै राजा महेन्द्रको यम्बुसको कारण राष्ट्रले दोस्रो मौका तथा अवसर फेरी पनि नराम्रोसँग चुकायो ।

२०१७ सालदेखि पञ्चायतको बाटो हैन पँुजीवादी बाटोमा देश अगाडि बढेको भए आजसम्म देशको अवस्था अर्को ठाउँमा पुग्ने थियो । ३० बर्षीय पञ्चायती ब्यवस्थाले देशलाई खोक्रो मात्रै बनाएन, निरंकुश राजतन्त्रले बहुदल समेत ज्युदै निल्यो । राणा शासनको अन्त्यसँगै आधा सताब्दी लामो समय पुँजीवादी बाटो अवरोध गरेर निरंकुश राजनतन्त्रले जनतामा निरंकुसता मात्र थोप¥यो । यसरी राष्ट्रले दोस्रो सम्भावना र मौका पनि गुमायो ।

तेस्रो सम्भावना ः नेपालको ईतिहासमै धर्ती आकाश हल्लाउने माओवादीको नेतृत्वमा २०५२ सालमा महान जनयुद्ध भयो । जसले सिमान्तकृत बर्गदेखी आम जनसमुदायमा अभुतपूर्व चेतनाको जागरण मात्र ल्याएन अजर अमर ठानिएको सामन्तवादको नाईके निरंकुश राजतन्त्रको जरा काटिदियो । अर्को तिर एमालेले संसदीय अभ्यास र प्रयोगमा आफुलाई अब्बल सावित गर्दै संसदीय आन्दोलनलाई नयाँ उचाईमा उठाईदियो ।

यी दुवै बामशक्ति र काँग्रेसको संयुक्त मोर्चाद्वारा आयोजित २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनले राजतन्त्र फालिदियो । माओवादी र सात राजनीतिक शक्तिबीच विस्तृत शान्तिसम्झौता संविधान सभाको चुनाव, राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको घोषण 

महान जनयुद्धको जगमा २०६२÷०६३ को जनआन्दालनले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रीक गणतन्त्रको घोषणा, संबिधान सभाको चुनाबसँगै संबिधान निर्माण र त्यसको कार्यान्वयन आदिले नेपालमा पूँजीवादी, जनवादी क्रान्तिले मूलभुत रुपमा पूर्णता प्राप्त ग¥यो र देशमा समाजवादी क्रान्तिको ढोका खुल्यो । पूँजीवादी जनवादी क्रान्तिका कतिपय कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको महान कार्यभार पूरा गर्ने दायित्व अबका क्रान्तिकारीको काँधमा आईपुगेको छ । यो महान सम्भावना नेपाली राष्ट्रले प्राप्त गरेको तेस्रो सम्भावना र मौका हो ।

विगतमा यस्ता सम्भावनाहरु गुमेका छन र चुकेका छन् । विगतबाट गम्भीरतापूर्वक शिक्षा लिदै यो सम्भावना तथा मौकालाई वास्तविकतामा बदल्ने संकल्प नै आजको जीवन मरणको संकल्प हो । २१ औं शताब्दीको पहिलो समाजवादी मुलुक नेपाललाई बनाउने नयाँ संकल्पका साथ दुई मुलधारका कम्युनिष्ट पार्टीहरुले एकता गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएको छ । अब राष्ट्रका अगाडि देखा परेको यो मौका र सम्भावना वास्तविकतामा बद्लिने सुनिश्चित पनि भएको छ ।

रुस चीनलगायत संसारका कतिपय देशहरुमा समाजवाद स्थापना गर्दा अन्तराष्ट्रिय परिस्थिती अलि भिन्नै थियो । विश्वयुद्धले थलिएको साम्रज्यवाद, मजदुर आन्दोलन एवं राष्ट्रिय मुक्ति आन्दोलनको लहर स्थापीत कम्युनिष्ट पार्टी र दुरदर्शी नेतृत्वका साथै कतिपय देशमा समाजवाद स्थापन हुँदा साथ दिने समाजवादी शिविर पनि थियो । आज नेपालमा त्यो स्थिति छैन्, बरु भिन्दै ढंगका आधार र तथ्यहरु बिद्यमान रहेका छन् ।

कुनै विश्वयुद्धकै सम्भावना अहिले देखा पर्दैन बरु साम्रज्यवाद विरोधी मोर्चा बन्न सक्छ । जे होस यति बेला नेपालमा यस्ता केही वस्तुगत तथ्य र आधारहरु विकास भएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मूलमन्त्रको अभिभारा पूरा गर्दै जाँदा नेपालमा समाजवाद स्थापनाको आधार पनि तयार हँुदै जाने छ ।

अब वास्तविक समाजवाद स्थापना गर्ने आधार र तथ्य एवं चुनौती बारे चर्चा गरौं ।
१) बहुसंख्यक जनता बामपन्थी हुनु: नेपालमा अधिकांस जनता बामपन्थी छन् । जो जनयुद्ध शान्तिपूर्ण आन्दोलन र संसदीय संघर्षबाट खारिएर बनेको बाम जनमत हो । चिलि ईन्डोनेसिया, निकारागुवालगायतका देशमा सोवियतसंघबाट प्रभावित भएर बाम जनमत बनेको थियो भने रुस, चिनमा समाजवाद स्थापनपछि विशाल बाम जनमत विकास भयो । तर नेपालमा लामो समयदेखि विभिन्न चरित्रका संघर्षबाट खारिएर विकास भएको विशाल बाम जनमत हो । यो बाम जनमतको आकांक्षा नेपालमा समाजवाद स्थापना गर्नु हो ।

२) शक्तिशाली पार्टी र स्थापीत नेतृत्वको टिम हुनु: विश्वभरी कम्युनिष्ट पार्टीको पहिचान निरंकुश, एकदलिय र अधिनायकवादका रुपमा चित्रित गरिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वलाई तानाशाहका रुपमा बद्नाम गरिएको छ । तर नेपालको कम्युनिष्ट पार्टीको पहिचान लोकतान्त्रीक पार्टीका रुपमा भएको छ । आधा दर्जनबेसी राज्यको उच्च ओहदामा बसेका नेताहरुको टिम छ । हजारौं हण्डर ठक्कर खाएर आफूलाई अब्बल साबित गरिसकेका सयौं नेता र हजारौं कार्यकर्ताको विशालपंक्ति छ । विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको बेला नेपालमा त्यसको ठिक विपरित अबस्थामा छ । पार्टीको जनतासंगको सम्बन्ध पानी र माछाजस्तो छ । पार्टी, सत्ता र सरकारमा छ ।

३) स्थानीय तहदेखी केन्द्रसम्म बाम बर्चश्वको सरकार हुनु: देश पहिलो पटक संघीय प्रणालीमा गएको छ । सिंहदरवारको अधिकार गाउँसम्म पुगेको छ । संघीयता कार्यान्वयन र अधिकार सम्पन्न स्थानीय तह भएको बेला स्थानीय तहदेखी केन्द्रसम्म झण्डै झण्डै दुई तिहाई बहुमतको बाम सरकार छ । यो सरकारले न्यूनतम रुपमा आफ्नो ड्यूटी पूरा गर्न बित्तिकै समाजवाद निर्माणको पूर्वाधार खडा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना कसाकार हुन्छ । देशमा लामो समयदेखि कहिले राणा शासन, कहिले निरंकुश, राजतन्त्र र कहिले अस्थिरताको शिकार हुने विरासत अब सदाको निम्ति अन्त्य भएको छ । अब स्थिरता, सुशासन र समृद्धिको नयाँ युगको सुरुवात भएको छ ।

४) समाजवादको बाधक दलाल नोकरशाही पुँजीवाद कम्जोर हुनुः समान्तवादको अन्त्यसंगै अब नेपाली समाजको बाधक दलाल नोकरशाही पुँजीवाद हो । राणा, पञ्चायत र निरंकुश राजतन्त्रभन्दा दलाल, नोकरशाही, पू“जीवाद अहिले नै कम्जोर छ । यसले गहिरोसंग आफ्ना जरा गाड्न पाएको छैन् र सुदृढ पनि छैन । नेपालमा राष्ट्रवादी भावना धेरै बलियो छ जसले दलाल पूँजीवादको हैन, आत्मनिर्भर तथा औद्योगिक पँजीवादको विकास गर्न टेवा पु¥याउने छ । दलाल पूँजीवादहरुलाई राष्ट्रिय पूँजीवाद पतिमा रुपान्तरण हुने अवसर पनि रहने भएकाले दलाल पूँजीपति वर्ग कम्जोर बन्दै जान्छ ।

५) समाजवाद उन्मुख संबिधान हुनु: संविधान सभाबाट निर्मित संविधानमा श्रमजीवि वर्गको हित अनुकुल ‘मौलिक हक’ सुनिश्चित गरिएको छ । आवश्यकता अनुसार संविधानको परिमार्जन र संशोधन गर्ने ढोका खुला गरिएको छ । संबिधानको मुल प्रस्तावनामा समाजवाद उन्मुख भनेर उल्लेख छ । संबैधानिक ढंगबाटै वास्तविक समाजवाद स्थापन गर्न सकिने बाटो पनि खुला गरिएको छ । वहुसंख्यक जनताको साथ र विश्वास लिएर संविधान संसोधन गर्न सकिने संबैधानिक प्राबधान सुनिश्चित गरिएको छ ।

६) सम्राज्यवाद विरोधि संयुक्त मोर्चा: क्रान्ति र परिबर्तनको अन्तराष्ट्रिय प्रमुख वाधक साम्राज्यवाद हो । पूँजीवादको अन्तिम रुप साम्राज्यवाद रणनीतिक हिसावले कागजी बाघ हँुदा हँुदै तत्कालको निम्ति बास्तबिक बाघ नै हो । तसर्थ सच्चा क्रान्तिकारीहरुको आपसी संयुक्त मोर्चाको साथसाथै साम्रज्यवाद बिरोधी संयुक्त मोर्चा बन्ने आधार तयार भएका छन् । यतिबेला चीन, उत्तर कोरियालगायत दक्षिण अमेरीकि मुलुक समेतको शक्तिशाली मोर्चा बन्ने आधार प्रसस्त भएको छ ।

७ ) नारा र गन्तब्यमा देश एकताबद्ध: अबको उद्देश्य र गन्तब्य समाजवादी गणतन्त्र कार्यक्रम र योजनाहरु नारामा ब्यक्त हुन्छ । नारा जनवोली र जनजिव्रोबाट ब्यक्त हुन्छ । सबैका मन र मष्तिष्कमा बास गरेको नारा बलवान र शक्तिशाली हुन्छ । यतिबेला सबै नेपालीको साझा नारा बनेको छ ‘समृद्ध नेपाल र सुखी नेपाली’ । समृद्धि र सुख निश्चय पनि बर्ग पक्षधर हुन्छ । बर्गपक्षधर समृद्धि र सुखको उत्कर्ष भनेको समाजवादी गणतन्त्र नै हो ।

सबैको साझा र संयुक्त नारा अर्थात मुलमन्त्र भनेको समाजवादी गणतन्त्र नै हो । सामान्यतः कल्पनाबाट भावना, भावनाबाट विचार, विचारबाट भौतिक शक्तिको विकास हुन्छ । विचारको शक्तिले भौतिक शक्तिको रुप लिईसकेपछि त्यो शक्तिशाली बन्छ । उपरोक्त आधार र तथ्यहरुको विश्लेषणबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर समाजवाद स्थापना गर्न समाजवादको मोडेल अर्थात् समाजवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको नेतृत्व गर्न लायकको कम्युनिष्ट पार्टीको आबश्यकता पर्दछ । यी दुबै कुरा कतै पनि बनिबनाउ वा रेडिमेट रुपमा फेला पर्दैनन् ।

न त कुनै विज्ञ वा प्राज्ञहरुको दिमागबाट फुत्त झर्छन्, न त कतै ठूला–ठूला किताबका ठेलीहरुमा नै फेला पर्छन् । यो त दृढ ईच्छा शक्ति र संकल्प भएका लाखौं करोडौ मान्छेहरुले सामूहिक रुपमा खोज, अध्ययन र अनुसन्धानको महाअभियानबाट नयाँ शंष्लेषणमा पुग्ने महान कार्य हो । महान माक्र्सले सर्बाधिक बढी बेलायत, जर्मन र फ्रान्स पढ्नु भयो । मुख्यत ः पूँजीवाद पढ्नु भयो । त्यही पूँजीवाद पढेर दुघ निकाल्नु भयो , दही जमाउनु भयो, त्यही दहि मथेर घ्यू निकाल्नु भयो । त्यही घ्यू वैज्ञानिक सिद्धान्त बन्यो । जो आज पर्यन्त आकाट्य छ, जड हैन् गतिशील छ ।

२१ औं शताब्दीको युग सुहाउँदो , नेपाली बिशेष्ता र मौलिकता अनुसारको समाजवादको मोडेल कस्तो हुनुपर्छ ? यो आजको सर्बाधिक महत्वपूर्ण बैचारिक कार्यभार हो । लक्ष्यप्रतिको दृढता र जनभावना प्रतिको लचकताले मात्र ठिक ठाउँमा पुग्न सकिन्छ । लक्ष्य प्राप्तीको दृढता भनेको जडता हैन न त जनभावनाप्रतिको लचकता भनेको वर्ग समन्वयता नै हो । बिगतमा समाजवाद प्रयोगमा सिमा र कमिहरु रहे । सम्पूर्ण थोक राज्यको स्वामित्वको नाममा पार्टीको स्वामित्व र अझ एकाध ब्यक्तिको मात्रै स्वामित्वमा केन्द्रित भएर नेकरशाही प्रवृति हावी भयो । नजानिदो ढंगले राज्य नै निरंकुश र नोकरशााही हुन पुग्यो ।

कम्युनिष्टहरुलाई एकदलिय र अधिनायकवादीका रुपमा संसारभरि चित्रित गरियो । क्रान्ति, प्रतिक्रान्ति र असफल क्रान्तिबाट शिक्षा र पाठ सिकेर नयाँ मोडेलको समाजवादको विकास गर्न जरुरी छ । तीन खम्वे स्वामित्व रहेको नेपाली मोडेलको समाजवादको विकास नै आजको आवश्यकता हो । उत्पादनका प्रमुख साधन स्रोतहरुमा राज्यको स्वामित्व रहने, कतिपय साधन र स्रोतहरुमा समुदायको स्वामित्व रहने र कतियप साधन र स्रोतहरुमा ब्यक्तिको स्वामित्व रहने प्रणालीनै तीन खम्वे स्वामित्व प्रणाली हो ।

सामूहिक उत्पादन र सांपेक्षित समान वितरण नै यसको मूल मर्म हो । सबैचिजमा ब्यक्तिको स्वामित्व तर सामूहिक उत्पादन र असमान वितरणका कारण पूँजीवाद चिहानमा पुग्छ । त्यही चिहानबाट सचेत पहलको परिणाम समाजवादको स्थापना हुन्छ । नेपाली माडेलको समाजवाद विकास गरेर मात्र यहाँको समस्याको समाधान हुन्छ र संसारभरी नयाँ संदेश जान्छ ।

असल साध्य खराब साधनले पूरा गर्न सक्तैन । सुन्दर र महान साध्य प्राप्त गर्न सुन्दर र महान साधन नै चाहिन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि जनवाद,समाजवाद, साम्यवादमा मतभेद भएन तर जनवाद समाजवादमा पुग्ने बाटोको बारे लामो समय मतभेत भईरहयो । यही कारण झण्डै आधा सताब्दी लामो समय त्यही क्रान्तिको बाटो कुन हो, भनेर दर्जनौ टुक्रामा कम्युनिष्टहरु फुटिरहे ।

आफुलाई सहि साबित गर्न र अस्तित्व रक्षा एवं विकास गर्न एकअर्कालाई संगीन आरोपहरु लगाईरहे । शसस्त्र संघर्षको बाटोबाट मात्र जनवादी क्रान्तिगर्न सकिन्छ भनेर तत्कालिन कोर्डिनेशन केन्द्रले झापामा हतियार उठायो । परिस्थिती तयार नहुँदै हतियार उठाउनु गलत भयो भनेर तत्कालिन केन्द्रीय न्युकलसले झापा विद्रोहलाई उग्रबामपन्थी भटकाब भन्यो ।

कालान्तरमा त्यही कोके, शुरुमा मालेपछि एमालेका रुपमा विकास भयो भने त्यही केन्द्रीय न्युकलस चौम, मशाल, एकताकेन्द्र हँुदै माओवादीमा विकास भयो । माओवादीले जनवादी क्रान्तिको निम्ति ०५२ सालदेखि महान जनयुद्धको थालनी ग¥यो । एमालेले यो जनयुद्धलाई उग्रबामपन्थी भटकाव हुँदै आतंककारी देख्न पुग्यो भने माओवादीले संसदीय संघर्ष गरिरहेको एमालेलाई प्रतिक्रियावादमा पतनसम्म देख्न पुग्यो ।

यस्ता संगीन आरोप प्रत्यारोपका बावजुद एकआपसमा सहकार्य पनि भईरहेको थियो । परिणाम स्वरुपमा १२ बुँदे सम्झैता, विस्तृत शान्ति सम्झौता, संविधान सभाको चुनाब संघीय गणतन्त्रको घोषणासम्म आईपुग्दा फरक स्थिती बनिरहेको थियो । पहिलो र मुख्य कुरा नेपालमा जनवादी क्रान्ति दस्ताबेजमा लेखे जसरी माओको नेतृत्वमा चिनमा भए जसरी हैन नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति भयो भन्ने बुझाईम एक रुपता देखियो । दोस्रो अब नेपाली क्रान्तिको बाटो भनेको शान्तिपूर्ण राजनीति र दलिय प्रतिस्पर्धा हो भन्ने निष्कर्ष समान ढंगको नै रहन गयो ।

तेस्रो अब नेपालमा गर्ने क्रान्ति भनेको जनवादी क्रान्ति नभएर समाजवादी क्रान्ति हो भन्ने निष्कर्षमा पनि समान बुझाई नै रह्यो । चौथो कुरा ः तत्काल संबिधानको कार्यान्वयन, अस्थिरताको अन्त्य, राष्ट्रको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन भन्ने निष्कर्षपनि एउटै रहन गयो । यसरी सारतत्व र अन्तरवस्तुका हिसाबले धेरै सैद्धान्तिक राजनैतिक बिषयहरु मिलिसकेपछि एकताको बिकल्प पनि रहेन ।

माओवाद २१ औं शताबदीको जनवाद जनताको बहुदलिय जनवाद, ईतिहासको मुल्यांकनलगायतका कतिपय बिषयहरुमा आगामी एकताको महाधिबेशनमा छलफल गर्ने सहमती सहित दुई मुलधारका ठूला पार्टीहरुको गत जेठ ३ गते एकताको घोषणा भयो । जुन एकताले विश्वको ध्यान खिच्न सफल भएको छ । यी दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले एकातिर प्रचुर सम्भावनाहरुको ढोका खोलेको छ, अर्को तिर डरलाग्दा चुनौतीहरुलाई जन्मपनि दिएको छ । मुख्य कुरा एकताको रक्षा र विकास गर्ने चुनौती हो ।

मुल नेतृत्व टिममा प्रगाढ सम्बन्धको विकासमा र पार्टीभित्रका विभिन्न प्रवृतिहरु एक अर्काका बाधक हैन परिपुरकका रुपमा लिएर मात्र एकताको रक्षा र विकास गर्न सकिन्छ । लामो समय फरक धारा र स्कुलबाट अभ्यस्त भएर आएका पार्टीहरुको एकता पछि सामुहिक टिमस्प्रीट पैदा गर्न बिधि र पद्धतिलाई संस्थागत गरेर मात्र सम्भव छ ।

नेपालको पूँजीवादी जनवादी क्रान्ति जनयुद्धकै जगमा भएको हो भन्ने एउटा पक्षले र संसदीय अभ्यास र आन्दोलनले उक्त परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हो भन्ने अर्को पक्षले हृदयदेखि आत्मसात नगरी एकता सुदृढ हुन सक्दैन् । त्याग तपस्या बलिदानको जगमा खडा भएको नैतिक बल एबं क्रान्ति र परिबर्तनका नारा ऐजेण्डाहरुलाई एउटा पक्षले आत्मसात गर्ने साथै लामो समय दलिय प्रतिस्पर्धा गर्दै आउदा विकास भएको जनसम्बन्ध एवं विकास गरिएको विधि पद्धतिलाई अर्को पक्षले आत्मसात गरेर मात्र एकतालाई नयाँ उचाईमा उठाउन सकिन्छ ।

पुराना आग्रह पूर्वाग्रहबाट मुक्त भएर पुराना सोँच मानसिकता र पार्टीहरु बिघटन गरेर नयाँ, सकारात्मक सोच र पार्टीको पुनर्गठनको मुल मर्मलाई आत्मसात गरेर मात्रै यो बिशाल पार्टीको नेतृत्व गर्न सकिन्छ । निष्कर्षमा ज्वारभाटाका विरुद्ध जाने हिम्मत नगरि अबको भूमिका पूरा गर्न असम्भव छ । एकातिर पराजीत भएको शक्ति आफुमाथि लागेको धुलो टकटकाउदै पराजयको कारण पत्ता लगाएर दशौं गुणा शक्तिशाली भएर आउछ भने अर्कोतिर जितेको शक्ति दम्भ, घमण्ड र अहंकारले फुलेको हुन्छ । अघि बढ्ने बिनम्रता र सिक्नमा सिपालु नभएर यो चुनौतीको सामना गर्न सकिदैन् ।

एकातिर ज्ञान, अनुभव, पूँजी र प्रविधिको सिमा र कर्म छ भने अर्को तिर विद्युतिय गतिमा संघीयताको कार्यान्वयन गर्नुपर्ने आबश्यकता छ । एकातिर संबिधान संसोधन गरेर कार्यकारी राष्ट्रपतिय प्रणालीमा लिनुछ, भने अर्को तिर राष्टूलाई एकतावद्ध गर्नु छ । एकातिर सिमित साधन स्रोत र पूँजीद्वारा रणनीतिक ढंगले भौतिक पूर्वाधार खडा गर्नु छ भने अर्को तिर आम जनताका असिमित अपेक्षाहरु पूरा गर्नुछ । यी कठिन तर अनिवार्य कार्यभारहरु हुन् ।

समाजवादप्रतिको अविचलित आस्था र संकल्प, जनता र पार्टीप्रतिको अदाम्य विश्वास, सकारात्मक र सृजनशील सोँच र भावनाले मात्र देश र जनतालाई एकताबद्ध गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताले मात्र समाजवादी गणतन्त्र स्थापन गर्न सकिन्छ । मान्छे समस्याको जड मात्र हैन् । समाधानको चाबि पनि हो । अब निरासा आशामा, असंभव सम्भवमा, अभावहरु सम्पन्नतामा बदलिनेछन् । त्यागको भब्य जगमा सबैभन्दा क्रान्तिकारी नारा एजेण्डा र विशाल जनमतको समायोजन हुनेछ । समाजवादी गणतन्त्र स्थापन हुने छ । स्वर्णीम अक्षरले नयाँ ईतिहास लेखिनेछ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया