घोराही,
१-असार / लाइब्रेरी फाउण्डेसनका अध्यक्ष सोम सापकोटाले फाउण्डेसनले नेपालका पुस्तकालयहरुलाई डिजीटल प्रबिधीमा लग्ने अभियान थालेको र यसक्रममा मुलुकभरीका ४० बढी पुस्तकालयलाई डिजीटल प्रबिधीमा रुपान्तरण गरेको जनाएका छन । अध्यक्ष सापकोटाले दाङको सर्बोदय पुस्तकालयद्वारा घोराहीमा आज आयोजित स्वागत एवं छलफल कार्यक्रम उक्त कुरा जनाएका हुन ।

Ambikeshwori Auto Mart

 

गैरआबशीय नेपाली संघ (एनआरएन) का सहकोषाध्यक्ष समेत रहेका सापकोटाले जनस्तरबाट निर्मित मुलुकै पुराना पुस्तकालयमध्ये एक सर्बोदय पुस्तकालयलाई आफ्नो सस्थाको तर्फबाट आगामी एक बर्षभित्रै ई—लाइब्रेरी स्थापना गरिदिने प्रतिबद्धता जनाउँदै सिंगो मुलुकै धरोहरको रुपमा रहेको सर्बोदयलाई बिकास गर्न सहयोग पक्षको सहयोग हसनुपर्ने कुरामा जोड दिए ।

उनले बिदेशमा बस्ने नेपाली ब्यक्तिगत रुपमा सम्पन्न हुदैमा केही नहुने भन्दै मातृभुमिको चौतर्फि समृद्धिमा गैरआबशीय नेपाली निरन्तर रुपमा लागीरहने बताए । कार्यक्रममा बोल्दै सर्बोदय पुस्तकालय तथा बाचनालयका अध्यक्ष सुशील गौतमले आरोह र अबरोहका ६५ बर्ष बिताएको ऐतिहासिक धरोहर सर्बोदय पुस्तकालयलाई बिकास गर्न सबै पक्षको उदार सहयोगको अपेक्षा गरेको बताए ।

छलफल कार्यक्रममा पुस्तकालयका सल्लाहकार नारायणप्रसाद शर्मा, पुरुर्षोत्तम खनाल, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नागरिक समाजका संयोजक चन्दराज पन्त, नेपाल पत्रकार महासंघका सचिब भुपेन्द्र वली, पुस्तकालय ब्यबस्थापन समितिका सदस्य एवं फ्रेन्डस् बाल क्लवका सदस्यलगायतले सहभागीता जनाएका थिए ।

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया