दाङ,
१-असार/ घोराहीस्थित भिक्टोरिया कलेजमा बिबिए नयाँ सेमेष्टरको शुरुवात फूल रोपेर गरिएको छ । शिक्षक र बिद्यार्थीहरुले शुक्रबार कलेज प्रांगणमा ज्ञाणको प्रतिकका रुपमा फूल रोपेर कक्षाको शुरुवात गरेका हुन् ।

Ambikeshwori Auto Mart

कलेजमा शुक्रबारदेखि बिबिए दोस्रो, चौथो, छौठौं र आठौं सेमेष्टरको पठनपाठन शुरुवात भएको छ । नयाँ “ सेमेष्टर शुरुवात कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले बिबिए अध्ययन गर्ने बिद्यार्थीहरु बेरोजगार बस्नु नपरेको उल्लेख गर्दै शिक्षालाई व्यवहारिक बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्राध्यापकहरु बामदेव भण्डारी, बसन्त रेग्मी र दुर्गालाल केसीले शिक्षालाई जीवन बदल्ने माध्यम बनाउनुपर्ने बिचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण कलेजका कार्यक्रम संयोजक केबी चौधरीले गरेका थिए ।

फोटो क्याप्सन ; घोराहीस्थित भिक्टोरिया कलेजमा बिबिए अध्ययनरत बिद्यार्थीहरु फूल रोपेर नया“ सेमेष्टरको शुरुवात गर्दै ।
तस्विर : दुर्गालाल केसी

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया