घनश्याम बुढाथोकी, रोल्पा
१९ असार/अविरल बर्षापछि आएको पहिरोले रोल्पाको लिवाङमा एउटा घरमा क्षति पुगेको छ । मंगलवार विहान करिव ५ बजेतिर स्थानीय यज्ञविक्रम मल्लको दुईतले कच्चि भर पहिराले भत्किएको छ । घर भत्किदा ३ वटा बाख्रा मरेका छन् ।

Ambikeshwori Auto Mart

साथै घर भित्र रहेका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, नगद गरि करिव ४ लाख बरावरको धनमाल नष्ट भएको छ । उक्त घरमा तीन घर परिवार कोठा भाडामा लिएर बस्दै आएका थिए । तर समयमै उनीहरुले थाहा पाएर भाग्न सफल भएको हुँदा मानविय क्षति भने हुन नपाएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रशाद फुयालको कमाण्डमा घटनास्थल पुगेको टोलीले एउटा बाख्राको भने जिवितै उद्धार गरेको थियो ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया