ओमप्रकाश, गुप्ता देउखुरी
६-साउन / लमही अस्पताल समस्या समस्यामै गुज्रिरहेको छ । ३ जनाको डाक्टरको दरबन्दी रहे पनि अहिले १ जना डाक्टरको भरमा सेवा दिनु परिरहेको डाक्टर अभिषेक गुप्ताले जानकारी दिएका छन् ।

Ambikeshwori Auto Mart

उनका अनुसार ३ जना डाक्टर मध्ये २ जना पढ्नका लागि बिदामा बसेकाले अहिले १ जना डाक्टरले सेवा दिनु परिरहेको गुनासो गरेका छन् । यस्तै अस्पतालमा दक्ष जनशक्तिको चरम अभाव रहेको भन्दै अहिले एक्सरे पनि बन्द रहेकोे बताए । अहिले स्थानीय सेवाग्राहीहरु चर्को शुल्क तिरेर भएपनि सेवा लिन निजी क्लिनिकहरुमा धाउन वाध्य भएका छन् ।

यी सम्पुर्ण समस्या लिएर अस्पताल व्यवस्थापन समिति केही दिनमा डेलिकेशनमा जाने लक्ष्य लिएको समितिका अध्यक्ष चेतराम चौधरीले बताए । उक्त अस्पतालमा करार र अन्य गरी २५ जना कर्मचारी कार्यरत रहेका छन् । ५० देखि १०० दक्ष जनशक्ति आवश्यक परेको अध्यक्ष चौधरीको भनाई रहेको छ । अस्पतालमा १५ वेडको क्षमता भए पनि अहिले १९ वेडको सेवा दिनु परेको अध्यक्ष चौधरीले बताएका छन् ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया