ओमप्रकाशगुप्ता,लमही
२७ साउन/ आँखाको अन्धोपन निवारणका लागि सञ्चार कर्मीहरुको भुमिका महत्वपूर्ण रहने शनिवार लमहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेत्रज्योती संघ दाङद्धारा सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा ६ महिने लक्ष्य तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् ।

साथै उनीहरुले पत्रकारहरु समाजको ऐनाभएकाले गाउँगाउँ तथा ग्रामीण बस्तीमागई सत्यतथ्य समाचार दिने भएकोले लमहीआँखा अस्पतालले गरेका सकारात्मक कार्यहरु पनि जनता माझ पुयाउन पनि अनुरोध गरेका थिए ।

अस्पतालमा भबनको अभावमा पनि आँखा उपचार तथा कानको पनि सेबा दिनु परिरहेको भन्दै अब नेपाल सरकारले पनिआफ्नो सेवाका लागि टेवा दिनु पर्ने भनाई राखेका थिए । 

आँखामा केही समस्या देखिएमा धेरैजसोले घरमै उपचार गर्ने बानी रहेकाले समस्याहुने गरेको भन्दै तत्कालै लमही रातोडाँडामा आउन पनि आयोजकले देउखुरी बासीहरुलाईआग्रह गरेको छ ।

उसले लक्ष्यभन्दा १५प्रतिशतले बढीको सेवा दिइएको बताइएको थियो । ६ महिनाको अवधीमा झन्डै २२ लाख बढीको आँखा उपचार,३लाखको निशुल्क अप्रेसन सेवा,१ लाखको मोतियाबिन्दु अप्रेशन गरेको बरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापाले जानकारी दिएका छन् ।

संघका दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षयतातथा संघका केन्द्रीय सचिब भरत चन्दको प्रमुख अतिथ्यतामा सम्पन्नभएको कार्यक्रममा संघका सल्लाहकार खड्कबहादुर चौेधरी ,लेखा संयोजक शेखर शर्मा ,फिल्ड कोडिनेटर हुकुमपोख्रेल ,पत्रकार दशरथ घिमिरे ,चुमाआचार्य लगायतकाले बोलेकाथिए ।संघका सल्लाहकार रेशमबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सदस्य लिला शाहले गरेकी थिइन् ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाका सभापती थानेश्वर गैरेले १ थान हृयल चियर आँखा अस्पतालका लागि दिएका छन् । भने ४५ वटा बिभिन्न बिरुवा पनि रोपिएको थियो ।२०७१ सालमा स्थापना भएको संस्थाले उक्त सेवा वाहेक जनचेतना मुलक कार्यक्रम तथा आँखाको शिविर पनि सन्चालन गरिरहेको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया