घोराही,
२९ – भदौ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा घोराही भएको तीज महोत्सवको शुक्रवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । अनाथ बालबालिका सहयोगार्थ भदौ २२ गतेदेखी सुरू भएको तीज विशेष सांस्कृतिक महोत्सव (२०७५ ) को शुक्रवार समापन गरिएको हो ।

महोत्सव आयोजक मूल समितिका संयोजक प्रेम शर्माको अध्यक्षता एवं वरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठको प्रकुख आतिथ्यमा भएको समापन कार्यक्रममा महोत्सव सफल पार्नका लागि ससहयोग गर्ने संघसंस्था एवं व्यक्तीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

साथै महोत्सवमा आयोजना गरिएको तीज नृत्य प्रतियोगिताका विजेताहरूलाई नगद सहित प्रमाणपत्र प्रदान समेत गरिएको थियो ।  जस्मा समाज सुधार युवा क्लब देउखुरी प्रथम, शान्ति निकेतन द्धतिय र जनज्योति मावि तृतिय भएका थिए ।

कार्यक्रमको सहजीकरण सचिव पोषण श्रेष्ठले गरेका थिए ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया