ओमप्रकाश गुप्ता,सिसहनियाँ
२३ असोज/ देउखुरीकोे राप्ती गाउँपालिकामा कार्यरत पत्रकारहरुको भेला सोमवार भालुवाङको खड्केश्वरी मन्दिर परिसरमा सम्पन्न भएको छ । भेलाले भालुवाङ, सिसहनियाँ र आसपास क्षेत्रमा बसेर आमजनमानसमा सूचना समाचार सम्प्रेषण गरि सेवा प्रदान गर्ने जस्तो महान र पवित्र कार्य गर्ने पत्रकारहरुको यस भेगमा एउटा सङ्गठन बनाउनु पर्नेमा सहभागीहरुले धारणा राखेका थिए ।

हरेक कुराले अत्यन्तै महत्वपूर्ण मानिने भालुवाङ्ग क्षेत्रमा हुने गरेका सकारात्मक परिवर्तनको मार्गमा सञ्चारकर्मीहरुको अहम् भूमिका रहेकोे हुँदा यथाशीघ्र रिपोर्टस क्लबको गठन गर्ने सर्वसहमतिमा निर्णय पनि बैठकले गरेको छ ।

साथै भेलाले दशै तिहारको अवसरमा सरोकारवालाहरु बिच चियापान तथा भेट्घाट कार्यक्रम गर्ने र क्लब गठन गर्ने निर्णय पनि गरेको छ ।भेलामा वरिष्ठ पत्रकार महेशचन्द्र रिजालको अध्यक्षमा सम्पन्न भएको भेलामा पत्रकारहरु ओमप्रकाश गुप्ता , अंशु बोहरा , मुक्ति पौडेल , तिर्थराज ज्ञवाली , सन्तोषकुमार गुप्ता , जमीर शाह र बिदुर एमसी लगायतको उपस्थिति रहेकोे थियोे ।

प्रतिकृया

प्रतिकृया