लक्ष्मण बस्नेत , तुलसीपुर
२५ – असोज / दाङ तुलसीपुरको अरनीको मैदानमा भएको जिल्लास्तरीय तरुण कप फुटबल प्रतियोगिताको उपाधी युनाईटेड युथ क्लब तुलसीपरले हात पार्न सफल भएको छ । तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा न. ५ को आयोजनामा विजयादशमीको अवसरमा आयोजित प्रतियोगिताको फाईनलमा नामिनगर युबा क्लब तुलसीपुरलाई सर्ट एण्ड डेथमा १–० गोल अन्तरले पराजीत गर्दै युनाईटेडले उपाधी चुमेको हो ।

उपाधी संगै उसले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको नामिनगरले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा‍र्न सफल भएको थियो । बुधबार सम्पन्न खेलको निर्धारित समय सम्म १/१ गोलको बराबरी भएपछी खेल ट्राईवेकरमा गएको थियो । ट्राइवेकरमा पनि खेलको नतिजा ननिस्किएपछि खेल सर्ट एण्ड डेथमा गएको थियो ।

प्रतियोगिता अबधीभर राष्ट्रिय रेफ्री शिवहरी शर्मा, एन्फा रेफ्री डिएन दहाल,केशब चौधरी मिङमा,प्रकाश बिक रहेका थिए । ग्रामिण स्तरमा खेलकूदको पहुँच अभिवृद्धि गर्ने र नयाँ पिँढीलाई फुटबल खेलमा स्थापीत गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङका २४ वटा फुटबल क्लबहरुको सहभागिता रहको थियो ।

यसैविच प्रतियोगिताको समापन समारोह तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिल बाबु डाँगीको अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापति कीर्तिबहादुर खड्को प्रमुखआतिथ्य एंव तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बीरेन्द्रकुमार शाहको विशिष्ठ आतिथ्यमा भएको थियो ।

सो अबसरमा दाङको खेलकुदको क्षेत्रमा कलम चलाएको भन्दै खेलकुद पत्रकार लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु मध्येबाट वेस्ट प्लेयर खेलाडी युनाईटेडका बिनु मगर,वेस्ट मिडफील्डर नामिनगरका महेश चन्द, हाईस्कोर नामिनगरकै बिक्रम सिह, वेस्ट डिफेन्स नामिनगरका उज्वल चौधरी,वेस्ट किपर युनाईटेडका रेम्बो चौधरी,बेस्ट कोच स्कुल स्पोट्र्स फुटबल एकाडेमीका सुधिर गुरुङलाई घोषणा गरिएको थियो ।

उनीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया