घोराही
२५ असोज/ घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले वडामा रहेका बाल क्लवका पदाधिकारीहरुलाई उद्घोषण तालिम प्रदान गरेको छ । हिजो र आज दुई दिन वडामा रहेका १३ वटा क्लवका ४० जना पदाधिकारीहरुलाई बोल्ने कला सम्बन्धि तालिम प्रदान गरेको हो ।

तालिममा बालबालिकालाई क्वल सञ्चालन, क्लवको बैठक सञ्चालन, सार्वजनिक कार्यक्रमहरुमा कसरी बोल्ने, कसरी कार्यक्रम सञ्चालन गर्ने, अन्य सार्वजनिक कार्यक्रमहरु कसरी सञ्चालन गर्ने बिषयमा प्रशिक्षण दिईएको छ ।

तालिमको प्रशिक्षकहरुमा रेडियो मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्ती र पत्रकार बिष्णु आर्ट रहेका थिए । प्रशिक्षार्थिहरुलाई बोल्ने कलाले मात्रै नेतृत्व र व्यक्तित्व विकास हुने कुरा सिकाइएको छ ।

बाल अधिकार, बाल सहभागिता र बाल नेतृत्वका बिषयमा जानकार गराउने र बोल्ने कलाको बिकास गरी समाजिक विकासमा सहभागि गराउने उदेश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष खोपिराम चौधरीले जानकारी दिएका छन ।

वडा सचिब चन्द्रबहादुर केसीको अध्यक्षतामा आज तालिम समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थीहरु यन्जस रोका, खुस्बु डाँगी, भावना रेग्मी, प्रमिता चौधरी र आबिष्कार गौतमले आ आफ्नो धारणा राख्दै बोल्ने सिप नै नेतृत्व र व्यक्तित्व विकासको पहिलो चरण रहेको बताएका छन । कार्यक्रमको सहजिकरण तालिम संयोजक विमल योगीले गरेका थिए।

प्रतिकृया

प्रतिकृया