घोराही
२० कार्तिक/ घोराही उपमहानगरपालिकाले तिहार र छठ पर्वको अबसरमा सुभकामना आदान प्रदान गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार कार्यालयमै कार्यक्रम गरी जनप्रतिनिधी र कर्मचारीहरुको बिचमा शुभकामना आदानप्रदान गरेको हो ।

नगर प्रमुख चौधरीले सबैलाई शुभकामना दिदै नगरको संबृद्धीमा सकारात्मक सोच र सहकार्यमा जोड दिएका छन । जनप्रतिनिधी र कर्मचारीहरुकै सहकार्यमा नगरलाई विकास गर्न सकिने भन्दै उनले चाडपर्वहरुले आपसमा एकता र सद्भाब कायम गर्न सकोस भनि सुभकामना दिएका छन ।

त्यसैगरी उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले पनि शुभकामना दिदै सबैको सुख, शान्ति, संबृद्धी र प्रगतिको कामना गरेका छन । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले पनि सुभकामना दिदै हातेमालो गरेर नगरलाई संबृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रमको सहजिकरण ठाकुर खनालले गरेका थिए । नगर प्रमुख चौधरीले जनप्रतिनिधी र कर्मचारीहरुलाई पुष्प गुच्छाहरु प्रदान गरेर सुभकामना दिएका छन ।

प्रतिकृया

प्रतिकृया