सन्तोष केसी, तुलसीपुर
२९ – कात्तिक / उपन्यासकार तथा लेखक सुबीन भट्टराईले लेखेको पुस्तक ‘समर लभ’ को फस्टलुक पोस्टर सार्बजनीक भएको छ । जसमा चलचित्रको प्रदर्शन गरिने मिति पनि सर्बजनिक गरिएको छ । चलचित्र ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरि माघ २५ गते हलमा लाग्ने छ ।

जसमा मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन । आशिष ’अतित’ र रेवती ’साया’ को भूमिकामा छन् । चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् ।

फ्लोरमा निस्किएको लगभग एक वर्षपछि उक्त फिल्म प्रदर्शनका लागि तयार भएको हो । विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरेकाले केही ढिला भएको बताईएको छ ।

सुबीनको कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्, भने फिल्मको संवाद सुबीन र सामिप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन्, भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् ।

प्रतिकृया

प्रतिकृया