सल्यान,
९ – मंसिर/ कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले सबै क्षेत्रमा आबश्यक अनुसार बजेट बिनियोजन गरेको बताएका छन् । उनले योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा ¥याल नचुहाउन समेत उपभोक्ता समितीका पदाधिकारिलाइ आग्रह गरेका छन् ।

आइतबार देखि शुरु भएको योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताए । वडा नम्बर ३ मा गठन भएका योजनाका मुख्य पदाधिकारिहरुलाइ कपुरकोटमा निर्देशन गर्दै अध्यक्ष सेनले गाउँठाउँको विकासका लागी उपभोक्ताको पनि लगानी हुन आबश्यक रहेको बताए ।

योजना सञ्चालनको क्रममा गाउँपालिकाका कुनै पनि कर्मचारिले रकम मागेमा वा रकम भुक्तानीमा ढिला सुस्ती गरेमा आफुलाइ जानकारि गराउन सेनले आग्रह गरे । योजना सम्पन्न भएपछि त्यसको संरक्षण, उपयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरु सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउदै यो वर्ष त्यसो नहुने बताइन् । उनले भनिन्, ‘म सबै योजनाको अनुगमनमा आउने छु । अनुगमनमा जे देखिन्छ त्यहि रिपोर्ट गाउँपालिका समक्ष गर्नेछु ।

त्यसैले इमान्दारीताका साथ गुणस्तरिय काम गर्नुहोला ।’ वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारि जीवराज केसीले उपभोक्ता समितीको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगाएतका विषयमा अभिमुखिकरण गरेका थिए ।

चालू आर्थीक वर्षमा कपुरकोट ३ मा १४ वटा योजना सञ्चालनमा रहेको वडाध्यक्ष मिन बहादुर सेनले जनाए । अन्य वडामा पनि उपभोक्ता समितीका पदाधिकारिहरुलाइ अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिकृया

प्रतिकृया