दिप्तीशिखा चौधरी,दंगीशरण
२० मंसिर/ नेकपा दंगीशरण गाउँ कमिटिको आयोजनामा दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीका माईला भाई तिलक चौधरीको निधन भएको आज आठौँ दिनको पूण्य तिथीमा श्रद्धाञ्जलीसभा भएको छ ।

अध्यक्ष भरत अधिकारीको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य शिवकुमार आचार्यको प्रमूख आतिथ्य तथा प्रदेशसभा सदस्य उत्तर कुमार वलीको बिशिष्ट आतिथ्यमा सभा भएको छ ।सभामा प्रमुख अतिथि आचार्यले पार्टीमा तिकलको योग्दान महत्वपूर्ण रहेको भन्दै उनको निधनले सिंगो पार्टीलाई क्षति पुगेको बताए ।सो अबसरमा प्रदेशसभा सदस्य उत्तर कुमार वलीले नेकपाका कार्यकर्ता तिलकको ४३ बर्षको उमेरमा भएको दुखद निधनले सिंगो पार्टीलाई क्षति पुगेको बताए ।

सभामा प्रदेशकमिटि सदस्य रामजी चौधरी,हुकुम बहादुर बस्नेत, नेकपाका नेता शेषुराम भण्डारी, सीमा न्यौपाने, यूवा परिषदका अध्यक्ष शुरेस रावत, तुल्सीपुर उपमहानगरपालिका १ का अध्यक्ष लक्ष्मण भण्डारी, दंगीशरण गाँउपालिकाका वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी , ५ का वडा अध्यक्ष दीपक गौतम, ६ का अध्यक्ष टंक वली, ७ अध्यक्ष बीरबहादुर वलीलगायतले शोक ब्यक्त गरेका थिए ।सभामा उपस्थित सबैलाई गाँउपालिकाका अध्यक्ष भागिराम चौधरीले धन्यबाद ज्ञापन गरेका थिए । सभाको सहजीकरण नेकपाका युवा नेता आजाद खड्काले गरेका थिए ।


                                                         ADVERTISEMENT
 


प्रतिकृया

प्रतिकृया