तुलसीपुर
२६ माघ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरीमा जारी महायज्ञमा आईतबारसम्म साढे १५ लाखभन्दा बढि आर्थिक संकलन भएको छ । महायज्ञ ब्यबस्थापन समितिका संयोजक पदम केसीका अनुसार १५ लाख ५५ हजार चारसय ५० रुपैयाँ संकलन भएको छ । बुधबारदेखि शुरू भएको महायज्ञमा आईतबार मात्रै ७ लाख भन्दा बढि आर्थिक संकलन भएको हो । आईतबार सबैभन्दा बढि अजुन केसीले एकलाख ११ हमजार एकसय ११, खगेश्वर न्यौपानेले ५७ हजार ७ सय ५७, भगविर चौधरीले ३६ हजार एकसय १, श्यामलाल पोखरेलले ३० हजार पाँचसय ५, गोकर्ण रोकायले २५ हजार ६ सय ५५, रामप्रसाद चौधरीले २६ हजार ६ सय ६६, जयन्ता वलीले २५ हजार एकसय ५५, कृष्ण विकले २५ हजार पाँच, रुन्ची चौधरीले २५ हजार एकसय ६०, गीता डागीले २५ हजार पाँचसय ५५, नेवान शर्माले ११ हजार एकसय ५५, झविलाल नौपानेले ११ हजार एक सय ११, डाबर टोल विकास सस्थाले १५ हजार पाँचरुपैयाँ दान गरेको प्रेससंयोजक सुमन केसीले बताए ।

कैलासधाम नागेश्वर मन्दिर ब्यबस्थापन समितिको आयोजनामा फागुन १ गतेसम्म महायज चल्नेछ । महायज्ञको बाचकमा देशब्यापी १०८ श्रीमद भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्वव शर्मा,रािष्टय बिभुषित नारीत्व विदुषी सुश्री अजुराधा शास्त्रीजी रहेको महासचिब राजेन्द्र पोख्रेलले बताए ।

ADVERTISEMENT

  



दुई महिना अघि देखिएको नागलाई संरक्षण गर्नका लागि मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञबाट करिब एक करोडबराबरको आर्थिक संललन गर्ने लक्ष्य रहेको अध्यक्ष भुवनसिंह चौधरी बताए ।

प्रतिकृया

प्रतिकृया