सल्यान,
२५-फागुन / सल्यानको कुमाख गाउँपालिकामा आधारभूत बाल संरक्षण, बाल अधिकार र स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धि तालिम सम्पन्न भएको छ । वडा नं. ७ का जनप्रतिनिधिहरु, वडा बाल संरक्षण समितिका सदस्यहरु, शिक्षक बुद्धिजीवि र बाल क्लबका प्रतिनिधिहरुका लागि तीन दिने तालिम प्रदान गरिएको हो । महेन्द्र माध्यामिक विद्यालय जिमालीमा सम्पन्न तालिममा जोखिममा रहेका बालबालिका लाई सहयोग र संरक्षणको लागि प्रशिक्षण दिइएको थियो ।

 

 

सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारीमा संचालित एकिकृत परियोजनाले तालिम सञ्चालन गरेको हो । जोखिमपूर्ण श्रममा संलग्न रहेका, हराएको वा वेवारिस अवस्थामा फेला परेका, ऋृणको कारणले बन्धकमा रहेको वा जवरजस्ती श्रमबाट पीडित भएका, शारीरिक वा मानसिक यातना वा भेदभाव जस्ता दूव्र्यवहारबाट पीडित भएका बालबालिकालाइ कसरि सहयोग र संरक्षण गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको दलित विकास समाज सल्यानका गुमानसिंह नेपालीले जानकारी दिएका छन् ।

तालिममा जनप्रतिनिधिहरुलाई बालबालिकाको क्षेत्रमा बजेट विनियोजन प्रक्रिया, योजना तर्जूमाका चरणहरु र वडा बाल संरक्षण समितिको काम कर्तव्य र अधिकार सम्बन्धि तालिम दिइएको थियो ।

तालिम पश्चात वडा भित्रका बिशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिकाहरुका तथ्यांक संकलन गर्ने र बार्षिक रुपमा अद्यावधिक गरी जिल्ला बालकल्याण समितिमा सम्प्रेषण गर्ने लगायतका कार्ययोजना तयार पारिएको पनि नेपालिले जानकारी दिएका छन् । तालिम समापन कार्यक्रममा कुमाख ७ का अध्यक्ष तुलाराम वोहोराले स्थानीय परिबेश र सन्दर्भ अनुसार बाल दुब्र्यबहारका घटनाहरुबाट बाल बालिकाहरुलाई सुरक्षित राख्न तथा बाल अधिकारको प्रत्याभुती गराई बाल बालिकाहरुलाई हिंसा, शोषण तथा दुब्र्यबहारबाट सुरक्षित राख्न बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।

तालिममा १० महिला र १२ पूरुष गरी २२ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण एकिकृत परियोजना संयोजक (बाल संरक्षण) जिएस नेपाली र बाल संरक्षण फिल्ड सुपरभाइजर टिकाराम वि.क. ले गरेका थिए ।

 

 

प्रतिकृया

प्रतिकृया