घनश्याम बुढाथोकी,रोल्पा
७ – साउन/ जिल्ला प्रहरी कार्यालय रोल्पाले शुरू गरेको टोल टोलमा प्रहरी कार्यक्रमलाई तिब्र पारिएको छ । यसै क्रममा सोमबार रोल्पा नगरपालिका २ थलिबाङमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

Ambikeshwori Auto Mart

जिल्ला प्रहरी कार्यालय सामुदायीक प्रहरी सेवा केन्द्र र पारिजात आमा समुहको संयुक्त आयोजनामा गरिएको घर दैलो कार्यक्रममा घर घरमा पुगेर स्थानीयहरूलाई सामाजिक बिकृती बिसंगतीका बारेमा बुझाउने, सचेत पार्ने,पर्चा बितरण गर्ने जस्ता काम गरिएको छ । टोलिले बिहानै घर घरमा पुगेर बालबिबाह,घरेलु हिंसा,घरेलु मदिरा,जुवातास आदीको नकारात्मक असर,कानुनि कार्बाही प्रक्रीया आदीका बारेमा जानकारी गराएको सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरी जवान शोभाराम वाग्लेले जानकारी दिए ।

यसैबिच प्रहरीले आमा समुहका दिदि बहिनिहरूलाई यस अघी लागु पदार्थ दुर्ब्यसनी,घरेलु हिंसा,बाल बिबाह लगाएत बिषयमा प्रशिक्षण समेत दिईसकेको छ ।

प्रहरीले गर्ने सहयोग र समन्वयले आफुहरूलाई काम गर्न सजिलो भएको र अभियान प्रभाबकारी बन्दै गएको समुहकी अध्यक्ष गौमाया केसीले बताइन । समुहले प्रहरी संग सहकार्य गरी समाजमा जुवातास नियन्त्रण,बालबिबाह रोकथाम,घरेलु मदिरा नियन्त्रण जस्ता काम गर्दै आएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया