माधवराज चौधरी
पृष्ठभुमि

यस समाजमा वातावरणिय शिक्षाको विकास सीड र आई एम नेपालको साझेदारीमा सञ्चालित गुणस्तरिय शिक्षामा पहुच कार्यक्रम अन्र्तगत विद्यालयका प्र.अ र विद्यालय व्यावस्थापन समितिका शिक्षकहरुको श्रोत पहिचान, प्रभावकारी परिचालन तथा श्रोत पहिचानको लागि पैरवी सिप तथा क्षमताको विकास गर्ने विद्यालयको गुणस्तरमा सधार गर्ने तथा गरिव सिमान्तकृ समुदायका वालवालिकाहरुको शिक्षामा पहुच ल्याउनका लागि यस कार्यक्रमको तय गरिएको छ ।

हालको अवस्थामा अधिकाशं विद्यालयहरु प्रयाप्त श्रोतको अभावका कारण शिक्षक व्यावस्थापन, भौतिक व्यावस्थापन तथा अन्य प्रशासनिक व्यावस्थापन गर्नको लागि निकै चुनौति भोगिरहेको अवस्था रहेको छ । यसै सिलसिलमा यस समाजमा वातावरणिय शिक्षाको विकास सिड सस्थाले कार्यक्रम लागु गरेका विद्यालयहरु मध्ये साविक वाघमारे गाविसको वाड नं ८ मा रहेको हारिचार प्राथमिक विद्यालय पनि एक हो ।

यो विद्यालय सिड सस्थाले सञ्चालन गरेको विद्यालय मध्येको सवैभन्दा दुर्गम, विकट पहाडमा र सल्यान जिल्लाको सिमाना संग जोडिएर रहेको छ । यस विद्यालय शान्तिनगर गाउपालिका कार्यलय देखि लगभग १६ किलोमिटर उत्तर पश्चिममा रहेको छ । यस विद्यालयमा सिड सस्थाको पदाधिकारीको एक टोलि द्धारा समयुक्त फिल्ड अनुगमन भम्रण गरिएको थियो जुन कुराको अनुभव यहा प्रस्तुत गर्न चाहेको छु ।

यस फिल्ड   भम्रणको उदेश्य भनेको हारिचारमा रहेको विद्यालयको वास्तविक वस्तु स्थिति पत्ता लगाउनु, आगामि सस्थागत कार्ययोजना तयार गर्नु तथा परियोजनाको तयारी तथा सुचना संकलन गर्नु र सस्थागत परियोजनाको अनुगमन गर्नु कार्यक्रमको उपलव्धिहरुको अनुगमन गरी वस्तुगत विवरण र समुदाय संगको अन्र्तकृया हाम्रो मुख्य उदेश्य थियो ।

सिड सस्थाले विगत सन् २०१६ देखि सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरियता ल्याउनको लागि अधिकार मुखि पद्धतिमा आधारित भएर पहुच अभिवृदी कार्यक्रम सञ्चालन गरिहेको छ । यो परियोजना लागु गरिरहदा शिक्षाको क्षेत्रमा अलिकति भएपनि यसले सकरात्मक परिवर्तन ल्याउनमा यस कार्यक्रमले सहयोग गरिरहेको हामिले अनुुभुति गरेका छौ । शिक्षकमा चेतनाको विकास भई आफनो पेशा प्रति जिम्वेवार भएको, वालक्लवहरु सकृय भएको, सिकाई उपलव्धिहरु विस्तारै वढ्न थालेको र शिक्षण सिकाई साम्रागि तथा वसाई व्यावस्थापनमा सुधार भई समुदायको विद्यालयमा सहभागिता वढेको कुरा परियोजनाको सकरात्मक पाटा हुन् ।

सिड सस्थाले साविक धनौरी वाघमारे र गोल्टाकुरी गाविसको २१ सामुदायिक विद्यालय र विद्यालयको सेवा क्षेत्रमा कार्यक्रम लागु गरिरहदा यि कुरामा परिवर्तन भएको महसुस गरेका छौ । दांग जिल्ला आफैमा समथर र सुगम जिल्लाको रुपमा परिचित भएता पनि यहा अति विकट ठाँउहरु तथा गाउपालिकाका वडाहरु पनि रहेको छन् । त्यही वडाहरु मध्ये एक साविक वाघमारे गाविसको वडा नं ८ हारिचार पनि एक दुर्गम स्थानमा पर्दछ । कच्चि वाटो पहाडको खोच र खोलाको किनारै किनार सम्म पेदी खोेला सम्म पुग्दा निकै जोखिमको यात्रा हुने गरेको छ ।

जुन वाधमारेको वडा कार्यलयवाट करिव १० किलो मिटर उत्तर पुर्वमा पर्दछ । हामे कार्य क्षेत्र भएता पनि नियमित पुग्न नसकेको अवस्था थियो । त्यसैले हामिले परियोजना लागु गरेको विद्यालयको समान रुपमा हाम्रो योगदान हुनु पर्दछ भन्ने मान्यताका साथ सस्थाको कार्यकारी निर्देशक भागि राम सर र म कार्यक्रम सयोजक त्यहा भिजिटको लामो समय देखिको योजना थियो । त्यसैलो यो योजनालाई मुर्त रुपदिनको लागि हामि त्यहा पुग्ने निर्णय गरयौ । सिडको कार्यलय वाट एउटा योजना तय गरी व्यावस्थित फिल्ड भिजिटको योजना तयार गरयौ र कार्यलय तुलसिपुर वाट करिव ३ वजे यहावाट हारिचारको यात्राको लागि प्रस्थान गर्यौ ।

यात्रा गर्दे गर्दा शान्तिनगर गाउपालिका पुग्दै गर्दा भागिराम सर चढेको मोटरसाइकिल पन्चेट भयो दुभाग्य भनौ या परिस्थिति म वाइकको लागि अलि वर एक वाइक पसल पुगे त्यहा मान्छे कोही थिएन एक छिनको फोन सम्र्पक वाट सहयोगको लागि अनुरोध गरे अद्यपि पसले आउन त आयो तर आफु संग पम्प नभएकोले अर्को मान्छे पठाइदिन्छु त्यही गएर वस्न अनुरोध गर्यो म त्यही पुगे र हामि सगै पर्खियौ ।

लगभग ४५ मिनेटको लामो पर्खाइ पछि वाइक पञ्चत वनाउने मान्छे आयो तर म अरुलाई पठाइदिन्छु भनेर हिडयो् । केही समय पछी दुई जना केटा मान्छे देखिए एक निकै पुरानो वाइकमा शायद तिनै होलान् भन्न्े लाग्यो अलि आशा लाग्यो तर ति भाईहरुले ल्याएको पम्प पनि काम नलाग्ने ल्याएका रहेछन् फेरी एउटा डौडियो अनि केही मिनेटम लिएर आयो अनि खोलेर हेर्दा ठुलै काटी टयुव भित्रै छिरेकोले नया फेर्नु पर्ने भए पछी फेरियो ।

मैले यो कुरा किन लेखिरहेको छु भने राम्रो योजना र तयारी विना काम गर्दा समयको ववार्दी हुदो रहेछ भन्ने हो भने अर्को कुरा यात्रा गर्दा खर्च पर्चको राम्रो जोहो गर्नु आवश्यक हुने कुरा राम्रो सिकाई थियो यो क्षण । त्यति गर्दा लगभग साढे ६ः३० वजि सकेको थिया हालो । हामि नफर्कि अगाडी वढ्ने निधो गर्यौ र करिव ७ वजे तिर सामजिक परिचालक शारदा वस्नेत र समुह सहजकर्ता कल्पनाको घरमा पुग्यौ र उहाहरुलाई लिएर हामि हारिचारको लागि हिड्यौ ।

उकालो ओरालो, डरलाग्दो भिर पाखा अनि तल गहिरो नदि एकातिर दर लाग्दो थियो भने एकातिर हरियो वन कलकल गर्ने खोला अनि चराको चिरविरले मन भने मन रमाइ रहेको थिया शायद नौलो ठाँउ भएर होला । साथिहरु कहिले काही वाइक रोकेर सेल्फि खिचिरहेका थिए भने एकातिर कतिखेर गन्तव्य स्थानमा पुगौला भनेर चिन्ताले सताइरहेको थियो ।

वाटोको तिखा तिखा तरवार जस्ता ढुुंगा र निकै खाल्डा र खुल्डीको वाटोले वाइक पन्चत हुन्छ कि अथवा वाइक विग्रन्छ कि भन्न्ो डरले सताइ रहेको थियो । भगवान संग प्राथना गर्दै अरु जे भए नि वाइक नर्विगियोस भन्ने कामना थियो हामि सवैको । निकै उकालो भएर होला वाइकले एक गेर भन्दा माथिमा तान्नै छाडेको थियो भने डवल तान्ने कुरै भएन । समाजिक परिचालक र समुहसहजकर्ताले ढकेलेर समय समयमा उकालो आऊदा झरेर त कहिले ढकेलेर सहयोेग गरिरहनु भएको थियो । यस्तै गर्दै गर्दा पहाड नउक्लिदै झपक्क अध्यारो भइसकेको अवस्था थियो ।

वास्तवमै हाम्रो कार्यक्षेत्रको अवस्था निकै नाजुक थियो । हामि वेला वेलामा छलफल गर्दै गया्रै । यहा यस्तो अवस्थामा कसरी गुणस्तरिय शिक्षा लागु हुन सक्छ होला स्थानिय सरकारले यस्तो ठाउको लागि विशेष शिक्षाको व्यावस्था किन नगरेको होला ? यहा वाटो घाटको व्यावस्था किन नगरेको होला ? भन्ने लागि रहेको थियो । त्यहाका वासिन्दा दागं वासि भए पनि कहिल्यै दांगमा वसेको अनुभव गर्न नपाएको कुरा साचो थियो । किन भने दांगमा जसतो सेवा तथा सुविधाहरु कहिल्यै अनुभत गर्नै पाएका रहेनछन् ।

यहाको स्थानिय सरकारले किन विकासका कुरा नगरेको होला जस्ता मनमा खेल्दै थियो । यि जस्ता अनेकौ सवालहरु नियालि रहेका थियौ हामि सवै वेला वेलमा । लगभग २ःघण्टाको लामो वाइक को लामो यात्रा पछी वल्ल तल्ल एक दुई वटा घरहरु पर पर भिर पाखामा देखिन थाले अलि आशा पलायो मनमा अव पुगिन्छ भन्ने भयो किन भने अन्धकारले डेरा वसाइ सकेको थियो ।

सामाजिक परिचालकहरु अव आधा घण्टा जतिको वाटो् होला भन्दै हामिलाई ढाढस दिईरहेका थिए तर उनको मनमा पनि एक किसिमको थकावट भने प्रष्टै देखिन्थ्यो शायद हामिलाई मार्ग दर्शन गर्नु थियो । हामि भने अलि अतालिएका थियौ किन भने हाम्रो त्यहो यात्रा पहिलो थियो । केही समय विसाएर हामि फेरी हिड्यौ र करिव ४५ मिनेट हिडे पछी वल्ल लक्ष्मी प्राथमिक विद्यालय हारिचारको प्र.अ कल्पना घर्ति म्याडमको घरमा पुग्यौ ।त्यस पछी भने हामि लामो सास फेर्दै ढुक्क भयौ ।

हातमुख धोएर आगनको कुर्सिका र कोही पेटीमा वस्यौ । त्यहाको पानि फ्रिजमा राखेको भन्दा कम थिएन गर्मि महिना र गर्मि ठाउमा वसेर होला त्यहाको चिसो पना हामो लागि वरदान सावित थियो । हावा चलिरहेको थियो र हावा पनि लाग्थयो चिसो पानि नै वोकेर वहिरहेछ । हामिलाई त्यो चिसो पनाले र वातावरणले सल्यानमा छौ भन्ने निश्चय गराइसकेको थियो । मैले सोधि हाले म्याडम सल्यान नजिकै होला है ? मेरो पश्न नसकिदै यो सल्यानकै पहाड त हो नि सर भनेर कल्पना म्याडमको जवाफ थियो । चिसोपनाको महसुस भैरहेको थियो विस्तारै लुग काम्ने वनासकेको थियो ।

जेठको महिना भएर पनि चिसो मौसम कति रामे है मैले भने । यहा त सधै यस्तै हो सर भन्नु भयो । यस्तै यस्तै तर निकै फरक कुरा मनमा खेलिरहेको थियो । पर पर केही घरमा वत्ति वलिरहेको थियो मानौ कि जुनकिरीको पिल पिल हो कि भन्ने जसरी । मैले पहिलो प्रश्न गरे यहा कति घरधुरी सख्या छ म्याडम ? १२५ सजिलै जवाफ दिदै भन्नु भयो । मैले १२५ मात्रै है घर त देखिदैन त ? मैले प्रति प्रश्न गरे ताढा ताढा छन् नि सर घरहरु जवाफ थियो ।

यि यस्तै सवाल जवाफ चलिरहेको थियो र विश्राम गर्दै चिसो पानि खायौ अनि रमाइलो कुरा गर्दै आगनमा आराम गरीरहेका थियौ । तल गर्मिमा वसेका हामिलाई त्यहाको चिसो हावाले अलि अलि जाडोको महसुस गराइ रहेको थियो । फेरी पनि हामिलाई चिसो हावाले मनमा निकै नौला नौला कुराहरु सोचिरहेको थियो । निकै धेरै मनमा जिज्ञाशाहरु पनि उव्जिरहेको थियो ।

शायद भागिराम सरको मनमा पनि यस्तै कुरा आइरहेको थियो होला उहाले पनि वेला वेलामा फरक तर रोचक कुरा गरिरहनु भएको थियो जुन हाम्रो परियोजना संग समन्धित थियो । नौला कुराहरु उव्जिरहेको थियो सायद सवैको मनमा त्यही भएर होला यदी कार्यक्रम गरिन्छ भने यहा केही फरक सोच विचार गरेर गर्नु पर्छ भन्ने पनि महसुस थियो ।

हामि वेला वेलामा त्यहाको आम्दानिका श्रोतहरु तथा सम्भाव्यताका कुराहरु गरिरहेका थियौ । वाल वालिकाको विषयमा विद्यालय र घर देखि विद्यालयको दुरीका कुरा, विद्यालयका सेवा क्षेत्रका कुरा, वाल विवाहका कुरा तथा सिकाई उपलव्धिका कुरा अन्य जल्दो वल्दो सवालका विषयमा कुरा गरिरहेका थियौ । यही क्रममा त्यहा वालविवाह निकै डरलाग्दो अवस्था रहेको कुरा सुनाउनु भयो लगभग शत प्रतिशत जस्तो वालविवाह हुने कुरा गर्नु भयो हामिलाई अचम्म लाग्यो यसको परिणाम भोलि गएर के होला ? वाल विवाह कोही घरको दवावमा र कोही आफै भागेर विवाह गर्ने कुरा त्यहाको म्याडमले गर्नु भयो ।

कसैको प्रयास छैन यहा रोकथामको लागि ? छैन तपाइहरुले चलाउनु भएको कार्यक्रम मात्रै हो । त्यसैगरी विद्यालयको सेवा क्षेत्र सल्यान जिल्लाका विद्यार्थि पनि आउदो रहेछन् करिव १ घण्टाको लमो वाटो हिडेर आउने कुरा साचो थियो किनभने राति वलेको टुक्की र सोलार वत्तिको उज्यालो पहाडको पर पर र टुप्पोमा देखिन्थ्यो र त्यहा लक्ष्मी प्राथमिक विद्यालय वाहेक अन्य कुनै विद्यालय थिएन ।

त्यहाको श्रोत भनेकै इन्दिया काला पहाड जाने हुने रहेछ । त्यही न्युन आर्थिक अवस्थाको कारणले गर्दा म्चयउयगत हुने रहेछ । त्यहा वालवालिका पनि अलि ठुलो हुने वित्तिकै कमाउने जाने रहेछन् । कमाउनकोे लागि यहाका समुदायहरु प्राय काला पहाड जाने रहेछन् । यस्तै विषयमा छलफल गर्दै गर्दा ९ः ४५ वजिसकेको थियो । खानको लागि कल्पना म्याडमले वोलाउनु भयो र हामि सवैजना खाना खाएर हामिलाई निर्धारण गरिएको कोठा तथा वेडमा हामिलाई सत्ने व्यावस्था मिलाइएको थियो ।

हामि सोही अनुसार वस्यौ । मनमा अनेकौे कुराहरुले डेरा वसाइरहेका थिए तै पनि निदाउनु नै थियो । अनि भोलि विद्यालयको परिवार संग गर्ने छलफलको विषयमा निर्देशक सर संग छलफल गर्यौ र सुतियौ । रातिको समय, टिनको छाना भएर होला राति पानि परेको स्पष्ट सुनिदो रहेछ अलि वढी नै ढुगै खसे जस्तो । करिव १२ वजे वाट शुरु गरेको पानि विहान छ वजे सम्म निरन्तर परिरहेको थियो । अरु निदाए शायद चिसो मौसमा सिरक ओढेर निदाउनुको मजा वेग्लै थियो किनकी दांगको जेठमासको गर्मि र मछड्ले सताइका हामिलाई त्यो मौसम वरदान सावित नै थियो ।

दोस्रो दिन विहानको ६ वजे हामि उठेर सवैजना जना चिया पियौ र विद्यालयका पदाधिकारीहरुसंग , अभिभावक तथा विद्यार्थि संग छलफलका लागि नजिकै रहेको विद्यालयमा पुग्यौ । परिचयको कार्यक्रम गर्यौ र विद्यालयको अवस्था, भौतिक, आर्थिक तथा मानविय अवस्थाको विषयमा अन्र्तकृया शरु गर्यौ । विद्यालयको नाम लक्ष्मी आधारभुत विद्यालय, स्थापना २०२८ मा भएको रहेको छ । यो विद्यालय स्थापना गर्न त्यो समयमा पनि २७००० एक ट्रिपको वालुवा लागेको कुरा सुनाउदै भन्नु भयो साह्रै गाहा्रे छ हामीलाई सर ।

 

त्यहा जम्मा १२५ घरधुरी रहेको कुरा त्यहाको विद्यालय व्यावस्थापन समितिले जानकारी दिनु भयो । त्यस विद्यालयमा जम्मा १२५ विद्यार्थि सख्या रहेको उक्त विद्यालयमा निकै समस्या हरु भोगि रहेको पाइयो । विद्यालयमा समस्या भएता पनि त्यहा कुनै विद्यालय नभएकोले धेरै अवसर पनि रहेकोकुरा स्पष्ट नै थियो । विद्यालयको भौतिक अवस्था राम्रो नभएता पनि सन्तोशजनक रहेको थियो किन भने हरेक कुराको निर्धारण परिस्थितिले गर्दो रहेछ । विद्यालयमा रहेका भौतिक कुराको व्यावस्थापन राम्रो संग नगरेको भएता पनि अभाव पनि त्यतिकै थियो ।

तैपनि विद्यालयलाई समुदायको सहयोग भने राम्रो रहेको कुरा स्पष्ट देखिन्थ्यो । त्यसैगरी विद्यालय पहाडमा भएर होला खेल मैदानको व्यावस्था कल्पनाको कुरा मात्रै थियो । विद्यालयको शिक्षाको गुणस्तर शिक्षा भन्दा पनि जल्दो वल्दो समस्याको रुपमा वाल विवाह हुने गरेको अवस्था चिन्ता जनक थियो मलाई शिक्षाको गुणस्तरको कुरा भन्दा वालविवाहको कुराले सताइरहेको थियो । विद्यालय तथा समुदायको विभिन्न समस्या तथा सवालका विषयमा लगभग २ः३० घ०टाको लामो छलफल पछी हामि विद्यालय वाट वाहीरियौ र विद्यालयको कक्षाकोठाहरुको अवलोकन गर्दै हामि चिनको लागि फोटो लियौ ।

यति गरिरहदा मेरो मनमा धेरै कुरा खेलिरहेको थियो । राज्यले एकातिर ठुला ठुला कुरा गरिरहदा शिक्षाको योजना ल्याईरहदा यहा र यही ठाउ जस्ता विकट ठाउहरुका वालवालिकाहरुको अवस्थाको हविगत यस्तै नै होला भन्नेमा कुनै सकोच थिएन । मैले सोचे नेपालको कुनै पनि कुनामा जन्मे पनि शिक्षा, स्वास्थ्य गास वास कपास त्यो नागरिकको समान हुने हौइन र ? कि काठमाण्डौमा जन्मेका नागरिक र यहा हारिचार जस्ता ठाउमा जन्मेका नागरिकले पाउने अधिकार फरक हो ? मेरो प्रश्न मनमा मडारिरह्यो ।

यदी होइन मानव अधिकारहरु कुनै सवै नागरिकहरुको लागि समान हो भने खै त यहाको नागरिकले शिक्षा स्वास्थ्यको अधिकार पाएको ? गरिव र सिमान्तकृत भएकै कारण अधिकार नपाएको हो त ? मेरो प्रश्न यही हो म यस प्रश्नको जवाफ मागिरहेको छु शान्तिनगर गाउपालिका र नेपाल सरकार संग । यस्ता ठाउ र परिवेश प्रतिनिधि मात्रै हुन् तर के यो राज्यको सेवा सुविधा उपभोग गर्ने अधिकार ति नागरिकको छैन जो दुर्गम भौगोलिक स्थानमा वसोवास गर्दछन् ।

त्यहा विद्यालय आउनका लागि कम्तिमा १ःघण्टाको उकालो उरालो गरे पछी मात्रै विद्यालय पुगिदो रहेछ । पहिरोको त्यतिकै डर, नत व्यावस्थित कक्षा कोठा न प्रयाप्त शिक्षक यि कुराले त्यहाको वालवालिकाको अवस्था तथा भविष्यको वारेमा विश्लेषण गर्न हामिलाई कुनै कठिन थिएन । त्यसैले हामिले विद्यालयमा गुणस्तर ल्याउनु भन्दा पहिले त्यहाका वच्चालाई शिक्षाको पहुच सम्म कसरी पुर्याउने भन्ने विषय वस्तु तथा सवाल जल्दो वल्दो रहेको देखिन्थ्यो । वच्चाको लगाउने लुगा र सरसफाईको अवस्थाले त्यहाको आमा वावुमा भएको चेतनाको प्रतिनिधित्व गर्दथ्यो ।

स्थान तथा परिवेश राम्रै हो तर त्यहा सम्म राज्यको पहुच सेवा सुविधाहरु नपुग्नुले त्यहाको जनजिवनलाई तराईतिर पलायन गराइरहेको अभास हुन्थ्यो । आम्दानिको नाममा मकै, अदुवा, टिमुर तथा वेसारको सम्भाव्यता रामो भएता त्यहाको वजारीकरण र यातायातको सुविधा नहुदा त्यहाका युवाहरु विदेश कि त कालापहाड पलायन हुदारहेछन् । भने युद्धको वेलामा पलायन भएकाहरु कोही त अझै पनि निश्फिक्री घर पनि फर्केन सकेका पनि रहेनछन् । यि र यस्ता त्यहाको परिवेशले हामिलाई यि विषयमा सोच्न वाध्य वनाएको थियो ।

हामि विहान ११ः३० वजे तिर त्यहा वाट फर्किने योजना गर्यौ । त्यहा सुचना तथा परिवेश अनुसारको योजना पनि वनिसकेको थियो । रातभरी परेको पानिले वाटोभरी पहिरो गएको थियो । विहान तराई तिर झर्ने मानिसहरुले भनिरहेका थिए । हामि पनि कसरी पर्फिने होला भन्ने चिन्ताले सताई रहेको थियो । हामि त्यहावाट खाना खाएर निस्कदा नभन्दै वाटैभरी ठुला ठुला ढुंगा खसेको थियो ।

हामि सवैजना मिलेर पहिरोहरु पन्छाउदै विस्तारै तल आएका थियौ । सहकर्मि साथिहरुले कहिले वाइक ढकेलेर त कहिले चढेर पछाडी आइरेका थिए चिप्लेटी खेल्दै । जंगल उकालि ओरालि तथा पहाड पहिरो आदी हाम्रो लागि नौलो भएता पनि त्यहा वसोवास गर्ने मान्छेको लागि भने नौलो थिएन वरु समस्था थियो तर वाध्यता यि समस्याका वावजुत पनि त्यहाका मानिस केही नवोलि वसीरहेका देखिन्थे ।

राज्यले स्थानिय निकायले कसरी सहयोग गर्ने त्यहा कसरी विजुलि, सुरक्षित खाने पानि शिक्षा र स्वास्थ्य कसरी पुर्याउने भन्ने विषयमा विचार गर्न आवश्क देखिन्यो र राज्यको आखा त्यहा पुग्न जरुरी छ भन्ने निश्कर्ष र केही योजना वुन्दै हामि त्यहा वाट फर्कियौ । अरुलाई यो यात्रा कस्तो भयो र के योजना भयो थाहा भएन मलाई भने भयावह अवस्थामा रहेको वालविवाहको अवस्थाले निम्त्याउने परिमाण र दांगमा भएर पनि राज्यको सेवा सुविद्यावाट र आधारभुत मानव अधिकार वाट वञ्चितिमा त्यहाका मानिसहरु परिरहेको देख्दा अझैपनि सताइरहन्छ ।

यसका लागि स्थानिय सरकार संघ सस्था तथा अन्य सरोकारवाला निकायको ध्यान जान जरुरी छ त्यसैले एक पटक मानव अधिकार सवैका लागि अपरिहार्य, अभिभाज्य, सर्वव्यापि हुन्छ भन्ने कुरा सरोकारवालाहरुले एक पटक गहिरिएर सोच्ने पो हो की ? लेखक सीडका कार्यक्रम संयोजक हुन ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया