पुकार खनाल
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवन

“दाजु मकै कति फल्यो यसपाली ” कृषि पेशामा लामो समयदेखि लागेका मैले चिनेका कृषकलाई मैले सोधे । “सर कुरै नगर्नूस् कहिले पानी परेर डुबाउछ, कहिले खडेरी भएर” उनले मनमा जमेर वसेको दुख पखाले ।

म कृषकहरुका लागि काम गर्दै आएको सिमिट संस्थाबाट मकैको सर्वेक्षणका लागी दाङ अधिकांश भाग घुमे लमही, हापुरे,बाघमारे शान्तीनगर र सम्पूर्ण ठाँउहरुबाट उस्तै निराशाजनक प्रतिक्रियाहरु पाए ।

मैले भेट्ने हरेक कृषकहरुले कृषि पेशाबाट उत्साहजनक उपलब्धि हासिल गर्न नसकेको दुखेको मात्रै पोख्थे । उनीहरु अचानक उत्पादनमा ह्रास आएको र कहिले उत्पादन राम्रो भएपनि प्राकृतिक विपत्तिका कारण सबै बाली नष्ट भएको पीडा पोखिरहन्थे ।

उनीहरुको पाखुरामा केही गर्ने उर्जा भएपनि अनुहारमा निराशा मात्रै थियो । कृषि पेशाले उनीहरुलाई राहत होइन आहात मात्रै दिएको प्रतित हुन्थ्यो । कृषि प्रधान देशमा किसानहरुको कृषि पेशाप्रतिको निराशाले मलाई स्वयम् निराश तुल्याएको थियो ।

कृषकहरुले मेरो सामु व्यक्त गरका भनाईबाट सहजै आकँलन गर्न सकिन्छ की यो जलवायू परिवर्तनको प्रभाव वालीसँगै उनीहरुको जीवनमा पनि परेको छ ।

वातावरणीय क्षेत्रमा पानी धेरै पर्नुलाई अतिवृष्टी भनिन्छ भने पानी कम परेर खडेरी पर्नूलाई अनावृष्टि भनिन्छ । कृषि कर्म गर्नेहरुका लागि दुबै वृष्टि शत्रुजस्ता थिए । तर किसानहरुसँग विकल्प पनि के थियो र चुपचाप सहनु बाहेक ।

वायुमा कार्बन डाईअक्साईड सल्फर डाईअक्साईड जस्ता ग्यास, सुर्यबाट आएका विकिरणहरु पृथ्वीमै सञ्चित भएर बस्छन् र धर्तीमा तापक्रम बढाउदै लैजान्छन् । जसका कारणले गर्मीयाम अत्याधिक गर्मी र जाडो अत्याधिक जाडो हुदै गएको देखिन्छ । हिमहरु पात्लिदै जाँदा पानी समयमा नपर्ने र कुनबेला बेमौसमी पानी परेर बाढी समेत निम्त्याउने गरेका दृष्टान्तहरु हाम्रा सामु रहेका छन् ।

जलवायु परिवर्तनको प्रभाव स्वरुप पछिल्लो समय गर्मी ठाउँमा पाईने करेत सर्प पहाडी जिल्ला पर्वतमा समेत पाईयो यसका साथै सोलखुम्बु जिल्लामा लामखुट्टे समेत पाईयो । यी उदाहरणहरुले जलवायु परिवर्तनले हाम्रो दैनन्दिन जीवनमा जलवायु परिवर्तनले कस्तो खालको प्रभाव पारेको छ भन्ने वलियो प्रमाण दिएका छन् र
जलवायु परिवर्तनको समस्या झनझन बढदै जादा पनि सरकारले यो विषयमा केहि गर्न सकेको छैन ।

सरकारले न्यूनीकरणका उपायहरु अपनाउन नसकेता पनि अनुकुलनका उपायहरुमा ध्यान पुर्याउन अपरिहार्य छ । जस्तै दाङमा समयमा सिचाँईको व्यवस्था गर्न सकिएको भए त्यहाँका किसानहरुले क्षती बेहोर्न पर्दैनथ्यो होला । उत्पादन बढाउनका साथै भविष्यमा जलवायू परिवर्तनबाट हुनसक्ने क्षतीबाट बच्न सरकारले समयमा ठोस कदम चाल्नु पर्छ ।

विकसित देशले वातावरणमा गरेको प्रभाव स्वरुप हामीले जलवायु परिवर्तन जस्तो डरलाग्दो परिस्थितिको सामना गर्नुपरेको छ ।प्लास्टिक टनेलको प्रयोग तथा उन्नत कृषि प्रयोग गरि सजिलै जलवायु परिवर्तनबाट कृषिमा लाभ पनि लिन सकिन्छ्र्र । यसैबाट बेमौसमी तरकारी को खेतिलाइ अगाडी बढाउन सकिन्छ । आकाशे पानीको संन्चय गरि पुन प्रयोग कृषिमा गर्नु पर्दछ । जलबायु परिवर्तन रोक्न हामी बाटै प्रदुषण कम हुनु पर्दछ । यस बिषयमा सबै जानकार र जागरुक हुन अति आवश्यक छ ।

प्रतिकृया

प्रतिकृया