ध्रुवराज न्यौपाने (डि.आर.एन),तुलसीपुर
२५ चैत/ तुलसीपुरमा विगतका वर्षमा नयाँ वर्ष मनाउने चलन खासै नभएपनि हाल आएर नयाँ वर्ष धुमधामका साथ मनाउने नजिर बस्न थालेको छ । चाहे अंग्रेजी महिनाको नयाँ वर्ष होस या नेपाली नयाँ वर्ष नयाँ वर्ष भन्ने वित्तिकै केहि सामाजिक सहयोग संगसंगै तुलसीपुरवासीलाई मनोरन्जन प्रदान गर्ने हेतुले राम्रो कामको सुरुवात भएको छ । यसले आजभोलि तुलसीपुरवासीलाई खुसी पनि तुल्याएको छ ।

पहिला पहिला नयाँ वर्ष मनाउनकै लागि तुलसीपुरवासी जिल्ला छोडेर अन्यत्रै जानुपथ्र्यो । तर अव भने आफ्नो ठाउ छाडेर जानु नपर्ने भएको छ । विगत केहि वर्ष देखि जिल्लाका विभिन्न शहरहरुमा नयाँ वर्षमय सांगितीक कार्यक्रमहरु आयोजना हुदै आएका छन् । यो सालको नयाँ वर्षमा पनि तुलसीपुरमा एउटा बेजोड सांगीतिक कार्यक्रम हुदै छ त्यो पनि राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा ।

तुलसीपुरमा रहेको पार्क क्याफेमा यहि चैत्र ३० गतेका दिन वेलुका ७ बजेदेखि सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । एलाईन नेपालको आयोजनामा हुन लागेको नयाँ वर्ष सांगीतिक साझमा देशकै चर्चित कलाकार हेमन्त शर्मा आउदै छन् । थाप न थाप हातैमा मायाको चिनो मायालु देखि संयौ हिट गित आम श्रोता तथा दर्शकलाई दिईसकेका हेमन्त सांगितीक आकाशका एउटा तारा नै हुन् ।

उनले बजारमा निलाएका प्राय सबै गित हिट भएका छन् । हाल उनले बजारमा ल्याएकोे कुशुम कुशुम भन्ने गित पनि हिट नै छ । प्राय माया प्रेमका गित गाउन रुचाउने उनी नेपाली सांगितिक क्षेत्रका एउटा यस्ता गायक हुन् जसलाई हरेक नेपालीले आफ्नो ढुकढुकि ठान्दछन् । उनले गाएका गितहरु श्रोताले सजिलै पहिचान गर्न सक्छन्् । हो तिनै गायक यस पाली को नयाँ वर्षमा हामि तुलसीपुवासी संग हुनेछन् ।

विभिन्न देश विदेशमा आयोजना गरिएका नयाँ वर्षका कार्यक्रममा सहभागी नभई उनी यो पटक तुुुलसीपुर आउदै छन् । हामिलाई माया गरेर हामिमाझ नयाँ वर्ष मनाउन उनी आउदैछन् । उनी भन्छन्,विभिन्न ठाउबाट नयाँ वर्षको कार्यक्रमका लागि आफर आयो तर म यो पटक तुलसीपुर जान्छु भनेर अन्यत्र गएन । उनी तुलसीपुवासी संग नयाँ वर्ष मनाउन आतुर भएको बताउछन् ।

साथै उनै हेमन्तले सबैलाई निम्तो पनि गरेका छन् कि सबै आउनुहोस यो वर्षको नयाँ वर्ष तुलसीपुरमा धुमधामका साथ मनाउनुपर्छ भनेर । विशेष गरी अपांगहरुले मात्र खेल्ने पारा टेवुलटेनिस खेलका लागि भनेर तुलसीपुरमा आयोजना हुन लागेको नयाँ वर्षको सांगितिक कार्यक्रममा हेमन्त शर्मा संगै अन्य चर्चित कलाकारहरु पनि आउदैछन् ।

उक्त कार्यक्रमका संयोजक अरुण लहरेका अनुसार गायिका रन्जु सुनाम,अकित क्षेत्री,तुलसीपुरको चर्चित सल्यास व्यान्ड, मोडेल औरा गुरुङ लगायतका कलाकारहरु आउदै छन् । खास गरी अपांग खेलाडिहरुले खेल्ने पारा टेवलटेनिस खेलको प्रवद्र्धन र विकास गर्ने उदेश्यले आयोजना भएको कार्यक्रमले मनोरन्जन संगसंगै सामाजिक कार्य पनि गर्दै छ ।

उक्त कार्यक्रमबाट भएको आम्दानीको ४० प्रतिशत रकम पारा टेवल टेनिस खेलको विकासका लागि सहयोग गरिने समेत लहरेले जानकारी दिए । उक्त कार्यक्रम हेर्नका लागि प्रति जोडि दुई हजारको फुडिङ सहितको टिकट दर निर्धारण गरिएको छ ।

प्रतिकृया

प्रतिकृया