आकाश भण्डारी,
तुलसीपुर / नेपालमा जातिय र धार्मिक द्धन्दको खतरा बढ्दै गएको छ । पूर्वमा एउटा धार्मिक व्यक्ति माथिको गोली प्रहार त्यसैको घोतक हो । त्यसका लक्षण तथा कारणहरु पहिलेदेखि नै देखा परेका हुन । विरेन्द्र राजाको वंश नासपनि एउटा प्रमुख कारण हो ।

 

 

जनताको ईच्छा बिपरित जबरजस्तीस् हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता लादिनु र चोक चोकमा छ्यापछ्याप्ती धर्म परिवर्तन गराउनेहरु भेटिुन त्यसैको सुचक हो ।घटनाक्रम नियाल्दा प्रष्टै भन्न सक्ने अवस्था छ, यहाँपनि बाहिरबाट कुनै उदेश्यले हामीमाथि पश्चिमा शक्ति आफ्नो प्रभुत्व जमाउन खोज्दैछन् । यो समस्या नेपालको मात्रै नभएर समग्र पूर्व मध्य पुर्बी देशहरुमा सबैतिर उस्तै खालेको छ । तरिका फरक÷फरक हुन सक्छन् तर, उदेश्य एउटै हो । हिन्दु धर्म मास्ने । दलाई लामालाई प्रयोग गरेर चिनमा लफडा निम्त्याउनु लगाएतका धेरै घटनाहरुलाई फुट ल्याउन गरिएको प्रयासका रुपमा पनि हेर्ने सकिन्छ ।

उनीहरु त सबै देशलाई भित्रभित्रै आफ्नो कब्जामा राख्न जहाँ जे संभव छ त्यही गर्दै आएका छन् । त्यसमा अमेरिका मात्रै नभएर थुप्रै पश्चिमा शक्ति राष्ट्रहरुको हात छ । हालसम्म हामी शान्त पूर्वक मिलिजुली बसेका छौं । युद्ध भए होलान तर हामीमा हालसम्म जातिय र धार्मिक युद्ध भएको छैन । अब त्यहि गराउने दुस्प्रयास पश्चिमा मुलुकहरु खोजिरहेका छन् । त्यसैले अहिलेसम्मका हाम्रा समस्या कुनै ठुला समस्या होईनन् । भुकम्पले ठुलो क्षतिगर्‍यो । तर पनि हामी आफू एक अर्कामा समस्या समाधान गर्दै सम्हालिदै अगाडि बढ्दै छौं ।

कोषी नदीमा बाँधले हरेक साल जस्तो निम्तने समस्या होस वा पहाडमा पहिरो र तराईमा बाढीको डुवानले निम्त्याउने समस्या होस हामी त्यसको मिलेर सामना गर्दै आएका छौैं । यो एकता आगामी दिनमापनि अटुट रहने छ । यसमा दुई मत छैन । र यही एकता भत्काउनका लागि पश्चिमा मुलुक हामीमा फुट हाल्ने झेल गरिरहेका छन् ।

तर हाम्रा जनप्रतिनिधिहरु जो देशको बागडोर सम्हालिरहेका छन् उनीहरु मात्रै एक ढिक्का हुन सकेमा समेत कसैको केही जोर चल्ने वाला छैन । तर यहाँ साशकहरु नै ‘विकाउ’ हुने समस्याले गर्दा विदेशीहरुले नेपाललाई क्रिडास्थल बनाउने खतरा छ । त्यसकारण समयमै जनता सजग नहुने हो भने वा जनप्रतिनिधीलाई खवरदारी नगर्ने हो भने भोलि विकराल समस्या निम्तने खतरा आउने छ । त्यसैले त्यसपूर्व नै होसियारी अपनाउनु बुद्धिमानी हो । रोग लागेपछि उपचार गर्नु भन्दा रोगलाग्ने बाटो छेक्नु बुद्धिमानी हो ।

समयमै हेक्का नराख्ने हो भने हाम्रो देशलाई भोलि उनीहरुले क्रिडास्थल बताउन सक्छन् । जसको ज्वलन्त उदाहरण अहिलेको सिरिया काफि छ । सिरिया भित्रको फोहरी खेल आज उनीहरुको एउटा प्रयोग हो । त्यो आफैले रोपेको आतंकबाद नियन्त्रणको निहुँमा उनीहरु जहाँ अजा आणविक वा रसायनिक हमलाका कुरा खेलौना जस्तै खेलाउँदै आएका छन् । हाम्रो देशमा भएको केही महिनाको नाकाबन्दी पनि एउटा नाडि छाम्ने प्रयत्न थियो ।

जस्को नेपाली जनताले डटेरै सामना गरे । भूकम्पले हामीलाई केहि बेर हल्लाउन सक्ला तर हाम्रो अस्तित्व मेटाउन सक्दैन । बरु उल्टै हामीलाई एक अर्कासँग मिलेर सहकार्यमा अघि बढ्न त्यसले प्रेरणा दिएको छ । भारतले समयमै ढोका नखोल्दा कोषीको बाँधले हामीलाई फेरिफेरी डुबाउन खोज्ला तर देशको नेतृत्व कर्तासहि भएमा राष्ट्रियता मजवुत बनाउन सकेमा हामी नेपाली राष्ट्रियताको भावनाले मज्जाले तैरिएर वारपार जान सक्ने हिम्मतिला छौं ।

 

 

प्रतिकृया

प्रतिकृया