तुलसीपुर,
२५-पुस /  प्र्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले मृत्यु संस्कार परिबर्तन आबश्यक रहेको बताएका छन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीकी आमा भुविया चौधरीको १२ औं दिनको अवसरमा भएको श्रद्धाञ्जली सभामा शोक मन्तब्य ब्यक्त गर्दै मूख्यमन्त्री पोख्रेलले मृत्युसंस्कारलाई पनि समायानुसार परिबर्तन गर्नुपर्ने बताए ।

ADVERTISEMENT

  



नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले आयोजना गरेको श्रद्धाञ्जलीसभामा अब पनि परम्परागत रुपमा १३ दिनसम्म काजकिरिया गर्नुपर्ने अबस्थामा सिंगो समाजलाई नै बोझ थपेको भन्दै समयानुसार परिबर्तन गर्नुपर्ने उनको भनाई छ ।

‘ पहिले समयको कम महत्व हुन्थ्यो, तर अहिले समयको महत्व धेरै बढेको छ’ उनले भने‘त्यसैले यसलाई अब समयानुसार परिबर्तन गर्नुपर्छ ।’ यसको बहस आबश्यक रहेको समेत उनले बताए ।

प्रतिकृया

प्रतिकृया