नन्दराम खड्का, होलेरी
२७ मंसिर/ रोल्पाको गढिलेकमा राखिएको हेलो नेपालको टावर अलपत्र अबस्थामा रहेको छ । २०६३ सालमा निर्माण गरिएको टावरलाई कम्पनीले कुनै वास्ता नगर्दा अहिले टावर सञ्चालनमा आउन सकेको छैन् । बिगत एकबर्ष देखि टावर अलपत्र परेको छ ।

जसका कारण त्यस क्षेत्रमा हेलो नेपाल सिमकार्ड प्रयोगकर्ताहरुले सेवा लिन सकेका छैनन् । अर्कोतर्फ दिनप्रति दिन टावरका सामाग्रीहरु  चोरी भईरहेका छन् ।२०७२ पछि कम्पनिले टावरको कुनै वास्ता नगरेको टावरका मजदुर रोल्पा होलेरी निबासी तारा डाँगीले बताए ।

ADVERTISEMENT

  



रातदिन काममा खटिदा पनि आफुहरुलाई कम्पनिले कुनै चासो नदिएको उनको गुनासो छ । अहिले त्यहाँ डाँगीसहित  २ जना रुन्टिगढि ९ सखीका जङ्ग बहादुर बोहरा र मीन बहादुर बोहार्लाइै पारीश्रमीक समेत नदिएको गुनासो गरे । 


ADVERTISEMENT
 

प्रतिकृया

प्रतिकृया