सल्यान
३० असोज / सल्यानको रीममा भलिवल खेल प्रतियोगीता सुरु भएको छ । दशैँको अवसरमा सरस्वती सामुदायीक अध्यन केन्द्र कपुरकोट ५ ले भलिवल खेल, नृत्य तथा स्लो वाइक रेस प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगीताको मंगलबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर र मध्यपश्चिम खेलकुद विकास समितीका सदस्य टोपेन्द्र केसीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

अध्यन केन्द्रका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सेनले शारिरिक रुपमा स्वस्थ रहन र एकताबद्ध भएर अघि बढ्न खेलकुदको ठूलो भूमिका हुने बताए । उनले युवाहरुलाइ खेलप्रति आकर्षित गर्दै लैजानुपर्ने बताउँदै खेलकुदको विकासको लागी गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष तिला बुढा, साहित्यकार भद्रसिंह बुढा, दलित विकास समाज सल्यानका कार्यकारि निर्देशक दुर्गा पुन, वडा नम्बर ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकी लगाएतकाले बोल्दै खेलकुदको माध्यमबाट युवाहरुलाइ कुलतमा फस्न बाट बचाउन सकिने धारणा राखेका थिए ।भलिवल खेल प्रतियोगीतामा १४ वटा समूहले भाग लिएको सरस्वती सामुदायीक अध्यन केन्द्रका सचिव भुपाल साहुले जनाएका छन् । कार्यक्रम ३ दिन सम्म चल्ने छ ।

प्रतिकृया

प्रतिकृया