शंकर केसी, सल्यान
२६ फागुन/ दाङ प्रतापकोटकी एक महिला विगत चार दिनदेखि व्यपत्ता रहेकी छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोट नाउला निवासी ३८ बर्षीया पुष्पा सापकोटा फागुन २३ गतेदेखि व्यपत्ता रहेको उनका पति छविलाल सापकोटाले जानकारी दिएका छन् । चार दिनदेखि श्रीमती सम्पर्कविहिन रहेको हुँदा खोजि गरिदिन आग्रह समेत गरेका छन् ।

२३ गते राति २ बजेतिर घरबाटै श्रीमती हराएको पति छविलाले जानकारी दिएका छन् । उनले आफ्नी श्रीमती पुष्पाको मानसिक सन्तुलन ठिक नभएको हुँदा खोजी गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

पुष्पा शरिर पातलो, वर्ण गोरो,अगाडीको दाँत नभएको, रातो सुरुवाल र स्वीटर लगाएको अवस्थामा घरवाट निस्केर व्यपत्ता भएको उनका पति छविलाल सापकोटाले जानकारी दिएका छन् । उनले आफ्नी श्रीमतिलाई देख्ने जो कोही व्यक्तिले आफ्नो मोवाईल नम्बर ९८०९७–८२–२७७ र ९८४७८–७५–९४४ मा फोन गरि सूचना दिन आग्रह गरेका छन् ।

प्रतिकृया

प्रतिकृया