तुलसीपुर ,
८ – कार्तिक/ तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आयोजनामा संचालित जिल्ला स्तरीय तरुण कप फुटबल प्रतियोगिता २०७५ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिल बाबु डाँगीको अध्यक्षतामा बिहिवार बसेको बैठकले प्रतियोगिताको कुल ३ लाख ४२ हजार बजेटमा खर्च तर्फ ३ लाख १८ हजार ९ सय ७७ रुपैया र बचत तर्फ २३ हजार २३ रुपैया सर्वसहमतीले अनुमोदन गर्दै आयव्यय विवरण सार्वजनिक गरेको हो ।

स अन्तरर्गत प्रतियोगिताको पुरस्कार तर्फ ७७ हजार ७ सय ७७, कप, मेडल, प्रमाणपत्रमा २७ हजार २ सय, त्यस्तै सम्मान पत्रमा ६७ हजार, टेन्ट १० हजार, प्रपोजल निर्माण १० हजार, पानी, गुल्कोजमा २० हजार, खेलमैदान तारवारका लागि डोरी खरिद १२ हजार, चुना १५ हजार, व्यानर १० हजार, अतिथी सत्कार तर्फ १० हजार र विविध तर्फ १५ गरी सो विवरण सार्वजनिक गरिएको अफीसीयल संयोजक केशव चौधरी मिङमाले जानकारी दिए ।

बैठकले बचत मध्यको २३ हजार २३ रुपैयालाई सामाजिक कार्यमा खर्च गर्ने पनि निर्णय गरेको छ ।  प्रतियोगिता संचालनका लागी उद्योगपती, खेलप्रेमी व्यक्तीत्व, विभिन्न संघ÷सस्था लगाएतबाट ३ लाख ४२ हजार आर्थिक संकलन भएको थियो ।

यसैविच आयोजक तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ले प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन महत्वपुर्ण सहयोग पु¥याउने उद्योग, उद्योगी, व्यापारी, खेल प्रेमी, बुद्धीजिवी, सुरक्षा निकाय, संचारमाध्यम, पत्रकार लगाएत सबैमा हार्दिक अभार तथा कृतज्ञा प्रकट समेत गरेको छ ।

प्रतिकृया

प्रतिकृया