घोराही
१८ कात्तिक/ दाङको घोराहीमा भएको प्रथम प्रादेशिक पोफ्रेशनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ को उपाधि पुरुष तर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाईलीले जितेका छन ।

दाङ आइटिएफ तेक्वान्दो संघको सहकार्यमा भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा शनिवार र आइतवार दुई दिनसम्म घोराही उपमहानगरपालिका–१४ स्थीत घोराही कवर्ड हलमा संचालन भएको प्रतियोगितामा अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै पुरुष तर्फ रोशन आले र महिलातर्फ पूजा रसाईलीले उपाधी हात पारेका हुन ।

प्रतियोगिताको अन्तिम खेलमा नवलपरासी कै सुमन मस्र्याङदी मगरलाई हराउदै रोशनले प्रथम प्रादेशिक पोफ्रेशनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका हुन । उपाधिसँगै रोशनले नगद ३० हजार सहित ट्रफि, प्रमाण प्राप्त गरेका छन । त्यस्तै महिलातर्फ भएको अन्तिम खेलमा बाँके जिल्लाकी राधिका चौधरीलाई हराउँदै पूजा प्रतियोगिताको उपाधि चुम्न सफल भएकी हुन । पूजाले नगद २० हजार सहित ट्रफि, प्रमाणपत्र हात पारेकी छिन ।

च्याम्पियनसीपहरुलाई घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलालगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै प्रतियोगितामा पुरुषतर्फ नवलपरासीकै सुमन मस्याङदीमगर दोस्रो र गुल्मीका बिकल पौडेल तेश्रो स्थान हात परेका थिए । दोश्रो र तेस्रो हुनेहरु नगद २० हजार र १० हजारसहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा महिलातर्फ बाँकेकी राधिका चौधरी दोस्रो र दाङकी सञ्चीता पुनले तेस्रा स्थान लिएकी थिइन ।

दोस्रो र तेस्रो महिलाहरुले नगद १३ हजार र सात हजारसहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेका थिए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी’ भन्ने नाराका साथ भएको प्रथम प्रादेशिक प्रोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियन सीप प्रतियोगितामा प्रदेश नम्वर ५ का १२ जिल्लाका १ सय २० जना खेलाडीहरुको सहभागी रहेको थियो । जसमा पुरुषतर्फ ६० जना र महिलातर्फ ६० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

भरतपुर आइटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग पु¥याउने विभिन्न संघ, सस्था तथा सहयोगी व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया