घोराही
२८ भदौ/ राप्रपा निकट सञ्चार संगठन मिडिया नेपाल दाङको अध्यक्षमा तेज वली चयन भएका छन । मिडिया नेपाल दाङको आज घोराहीमा भएको पुनर्गठन भेलाले वलीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रमोद आचार्य रियाज, कोषाध्यक्षमा शरद शर्मा, सचिवमा सविता सुनार, सहसचिवमा अंकित डिसी र सदस्यहरुमा भरत शर्मा, दर्पण वस्याल र मुस्कान पोख्रेल चयन भएका हुन । मिडिया नेपाल दाङका अध्यक्ष लक्ष्मणसागर शाहको अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष गोपाल पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्ने काममा सवैसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

  



भर्खरै गठन भएपनि सवैको सहकार्यले जिल्लामा पत्रकारीतालाई उचाईमा पु¥याउन संगठनको योगदान रहनेमा उनीहरुको जोड थियो ।सो अवसरमा पत्रकार महासंघका सल्लाहकार सुदीप गौतम, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटा, राप्रपा घोराही उपमहानगर कमिटिका अध्यक्ष उमाकान्त भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।मिडिया नेपालले हाल देशका २८ जिल्लामा शाखा विस्तार गरेको संगठनका अध्यक्ष गोपाल पौडेलले जानकारी दिएका छन ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया