तुलसीपुर,
२८-फागुन / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरु प्रति तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले मृतकहरु प्रति श्रद्धाञ्जली तथा घाईतेहरको शिघ्रस्वास्थ्य लाभको कामनार्थ तुलसीपुमा कार्यक्रम गरेको हो ।

 

 तुलसीपुरको सितलपुर चोकमा सोमवार बेलुका अनेरास्ववियुका जिल्ला अध्यक्ष बिरवल खड्काको अध्यक्षतामा श्रद्धाञ्जली कार्यक्रम भएको थियो । ‘मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्न र घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामनार्थ दीप प्रज्वलन गरिएको हो ।’ अध्यक्ष खड्काले तुलसीपुर अनलाईनलाई भने । उनले विमान दुर्घटनामा ठूलो मानविय क्षति भएको भन्दै मृतहरुको चिर शान्तिको लागि शोकसभा गरेको बताए ।

सोमबार युएस बंगलाको जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित २२ जना घाइतेको उपचार भइरहेको छ।

विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये १५ बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।

जहाजमा ३२ जना बंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक थिए। बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

 

प्रतिकृया

प्रतिकृया