रुपन्देही
१५ असार / रुपन्देहीमा सोमबार भएको दुर्घटनामा बाबुछोराको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सैनामैना १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३२ वर्षीय छोरा सन्तोष परियारको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ च ८५२९ नम्बरको कार र पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल सैनामैना ८ रामापुर कलौनी नजिक शान्ति टोलमा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको ज्यान गएको हो । दुर्घटनापछि गम्भीर घाइते भएका बाबुछोराको लुम्बिनी प्रोदेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

मृतक सन्तोष इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुमा दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेको बताइएको छ ।कारमा सवार चार जनामध्ये एक जना सामान्य घाइते भएका छन् ।

प्रतिकृया

प्रतिकृया