काठमाडौं,
२५-असार /  नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने सम्मेलनमा बैंकले आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने भएको हो ।

मङ्गलवार भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले हस्ताक्षर गरेका छन् ।

 



ADVERTISEMENT

  


 


प्रधानमन्त्री के.पी शर्मा ओलीले समुद्घाटन गर्ने सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया