तुलसीपुर
१४ फागुन / सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैँयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैँया बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैँया पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो ।

सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सुनमा लगानी कर्ताको आकर्षण बढेपछि पछिल्लो केही दिन यता अन्र्तराष्ट्रिय बजारमै सुनको भाउ महँगो भएको महासंघले जनाएको छ । बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैँया घटेर तोलाको ९ सय पाँच रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया