दाङ
३० साउन / सुनचाँदीको मुल्य आज पनि उकालो लागेको छ । सुनको मुल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले वृद्धि भैइ तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको मुल्य बिहिबार भने २ हजार ४ सय रुपैयाँ बढेको थियो । त्यही मुल्यमा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो ।

यस्तै चाँदी शुक्रबार तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी शुक्रबार तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया