काठमाडौं
१६-असोज / सुनको मुल्य शुक्रबार तोलामा दुई सय रुपैयाँले घटेको छ । सुन शुक्रबार तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


                                                                                 ADVERTISEMENT



बिहिबार पनि तोलामा २ सय रुपैयाँले घटेर सुनको मुल्य तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मुल्य घटे पनि चाँदीको मुल्य भने स्थिर छ । चाँदी शुक्रबार पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया