काठमाडौं
१५-मंसिर / सुनको मुल्य आज तोलामा सात सय रुपैयाँले ओरालो लागेको छ । आज सुनको मुल्य तोलामा ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महांसघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा नै सुनको मुल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस आज १७ सय ७२ डलर छ । सुनको मुल्य अझै घटेर १७ सय ५० डलरमा झर्न सक्ने अनुमान गरिएको शाक्यले बताए ।


                                                                                 ADVERTISEMENT


 


विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको मुल्य घट्न थालेको हो । विवाहको लगन सुरु भएसँगै सुनको मुल्य घट्न थालेकाले कारोबार पनि बढेको छ । कोरोना महामारीसँगै मुल्य बढ्दा सुनको कारोबार झण्डै शून्यमा झरेको थियो । तर अहिले कारोबार बढेर

दैनिक माग १५ देखि २० किलो पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । यसैबीच, चाँदीको मुल्य पनि आज तोलामा ३० रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया