काठमाडौं
२९-साउन/ नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । साउन पहिलो साता नै सार्वजनिक हुने पर्ने भएपनि मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भएकोले आज सार्वजनिक हुने भएको हो ।


                                                                         बिज्ञापन
   



राष्ट्र बैंकले दिएको जानकारी अनुसार सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुनेछ । कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने बताएको छ ।

प्रतिकृया

प्रतिकृया