काठमाडौं
१५-असोज/ आज शुक्रबार हप्ताको अन्तिम दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ । केही दिन लगातार घटेको सुनको मूल्य आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार भन्दा बिहिबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर आज शुक्रबार तोलाको ११ सय ४० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया