काठमाडौं
३०-फागुन/ सुनको मूल्य दैनिक बढ्न थालेको छ । आज तोलामा सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको सुन तोलामा ६ सय रुपैयाँले बढेको थियो भने आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । मूल्य अझै बढ्ने अनुमान छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया